Online Bichar
सोमबार, मंसिर १९, २०७९
Monday, December 5, 2022

काठमाडौं, १६ फागुन २०७८ । रासायनिक मल ल्याउन भारतसँग सम्झौता गरिएको छ । सोमबार भारतबाट नेपालमा युरिया र डीएपी मल आपूर्तिका लागि दुई देशका सरकारबीच समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

भारत सरकारका तर्फबाट रसायन एवम् मल मन्त्रालयका सचिव राजेश कुमार चतुर्वेदी र नेपालका तर्फबाट कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव गोविन्दप्रसाद शर्माबीच भर्चुअल माध्यबाट समझदारीपत्र आदान प्रदान भएको हो ।

सम्झौता ५ वर्षका लागि भएको हो । साथै, यसै आर्थिक वर्ष १ लाख ५० हजार टन मल ल्याइने जनाइएको छ । दुई पक्षबीच भएको यस समझदारीले नेपालमा बारम्बार दोहोरिने मल अभावको समस्या केही हदसम्म समाधान हुने विश्वास गरिएको छ ।

 

तपाईको प्रतिक्रिया