Online Bichar
शनिबार, साउन १२, २०८१ | Saturday, July 27, 2024

काठमाडौं, ११ फागुन २०७८ । सोमबार र मंगलबार बढेको शेयर बजार परिसूचक कारोबार हुने साताको चौथो दिन दोहोरो अंकले ओरालो लागेको छ ।

बुधबार नेप्सेमा १५ दशमलव ५ अंकले घटेर २ हजार ७ सय २० विन्दुमा झरेको छ । ठूला कम्पनीहरुको कारोबार गर्ने सेन्सेटिभ इन्डेक्स पनि ५ दशमवल २२ अंकले ओरालो झरेर ५ सय १७ विन्दुमा आइपुगेको छ ।

नेप्से ओरालो लाग्दा कारोबार रकम पनि घटेको छ । मंगलबार ३ अर्ब २१ करोडको कारोबार भएकोमा बुधबार ३ अर्ब १३ करोडको कारोबार भएको स्टक एक्स्चेन्जले जनाएको छ ।

यस दिन हाइड्रोपावर र म्युचल फण्ड समूह बाहेकका उपसूचक सबै राताम्मे भएका छन् । सबैभन्दा बढी निर्जीवन बीमा समूह १ सय १० अंकले आरालो लाग्दा सबैभन्दा कम लगानी समूह घटेको छ । उत्पादन समूह ८२, जीवन बीमा समूह ८१ समूह अंकले घटेको छ ।

नेप्से घटे पनि लगानीकर्ताको ध्यान जलविद्युत्मा बढ्दा केही कम्पनीले भने सकारात्मक सर्किट कायम गरेका छन् । बुधबार दिव्यश्वरी हाइड्रो, युनाइटेड मार्दी हाइड्रोपावर र घलेम्दी हाइड्रोका लगानीमा १० प्रतिशतको बढोत्तरी आएको छ ।

यसदिन २ सय २८ कम्पनीका ६२ लाख ४७ हजार ७ सय ७४ कित्ता सेयर किनबेच गर्दा ३ अर्ब १३ करोड १२ लाख रुपैयाँको कारोबार भएको एक्स्चेन्जले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया