Online Bichar
बिहिबार, बैशाख १३, २०८१ | Thursday, April 25, 2024

काठमाडौं, ६ फागुन २०७८ । अष्ट्रेलियामा समुन्द्रको किनारमा पौडी खेल्न गएका एक व्यक्तिलाई सार्क माछाले आक्रमण गरेको छ ।

सिड्नीको समुन्द्रमा पौडी खेलीरहेका बेला ती व्यक्तिलाई सार्कले आक्रमण गरेको हो । सार्कले आक्रमण गर्ने बित्तिकै ती व्यक्ति मद्दतका लागि चिच्याएका थिए । उनको चिच्याहट सुनेर समुन्द्रको छेउमा पौडी खेल्न गएका व्यक्तिहरु उनी तर्फ गए । तर त्यतिबेला ढिला भइसकेको थियो । अरुका अगाडि सार्कले ती व्यक्तिको शरीरलाई दुईटुक्रा पार्यो र निल्यो ।

आफ्नो आँखा अगाडि यस्तो हृदयविदारक घटना देखेर उनलाई बचाउन खोज्नेहरु स्तब्ध भए । प्रत्यक्षदर्शीले समुन्द्रको पानी रगतले रातो भएको र सार्कको मुखमा ती व्यक्तिको शरीरको टुक्रा रहेको बताए । यो घटना थाहा पाउने बित्तिकै उद्धार टोली आएका थिए । उद्धार टोलीका अधिकारीहरुले पानीमा केहि मानव अवशेषहरु फेला पारे ।

बेलायती पत्रिका‘डेली मेल’का अनुसार यो घटना सिड्नीको ‘लिटिल बे’ समुन्द्रमा भएको हो । दिउँसो पौडिरहेको समयमा अचानक १४ फिटको ठूलो सार्कले उनलाई आक्रमण गरेको थियो । न्यू साउथ वेल्स प्रहरीले सार्क आक्रमणको घटनाबारे अनुसन्धान शुरु गरेको जनाएको छ ।

सन् १९६३ पछि सिड्नीमा भएको यो दोस्रो सार्क आक्रमण हो । सन् १९६३ मा सार्कको आक्रमणमा परेर अभिनेत्री मार्सिया ह्याथवेले ज्यान गुमाएकी थिइन् ।एजेन्सीको सहयोगमा

 

 

तपाईको प्रतिक्रिया