Online Bichar
बुधबार, बैशाख १२, २०८१ | Wednesday, April 24, 2024

काठमाडौं, ६ माघ २०७८ । भारतमा एकैदिन ३ लाख भन्दा धेरैलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा थप ३ लाख १७ हजार ५ सय ३२ जना मानिसमा कोरोना संक्रमण पुष्टि भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
भारतमा कोरोना भाइरसको तेस्रो लहर फैलिएपछि पहिलो पटक यति धेरै संक्रमित भएको पनि खबरमा उल्लेख गरिएको छ ।

भारतमा झण्डै ८ महिनापछि ३ लाख भन्दा धेरै कोरोना संक्रमित भेटिएका हुन् । यस्तै, गत २४ घण्टामा कोरोनाका कारण ४ सय ९१ जनाको मृत्यु भएको छ । २ लाख २३ हजार ९ सय ९० जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् ।

अहिलेसम्म भारतमा ९ हजार २ सय ८७ जनामा ओमिक्रोन संक्रमण पुष्टि भइसकेको छ ।

 

तपाईको प्रतिक्रिया