Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

एजेन्सी, ४ माघ २०७८। विश्वका १० करोड मानिस कोभिडपछिको समस्याबाट प्रभावित भएको एक अध्ययनले देखाएको छ ।

मिसिगन युनिभर्सिटीका अनुसन्धानकर्ताले गरेको एक नयाँ अध्ययन अनुसार कोभिडबाट संक्रमितमध्ये ४० प्रतिशत मानिस कोभिडको दीर्घकालीन असरबाट प्रभावित भएका छन् ।

कोभिड-१९ बाट पार पाउन विश्वले संघर्ष गरिरहेका बेला कोभिडको दीर्धकालीन असरबाट विश्वको ठूलो जनसंख्या प्रभावित भएको सो अध्ययनले देखाएको हो । अनुसन्धानकर्ताहरुले १७ देशका विभिन्न ४० अध्ययनलाई विश्लेषण गरेका थिए । कोभिड भएर अस्पताल भर्ना भएका व्यक्तिमा दीर्घकालीन कोभिडको सम्भावना ५७ प्रतिशत देखिएको थियो ।

कोभिडबाट संकमित विश्वका कूल २३ करोड ३७ लाखमध्ये १० करोड मानिस कोभिडपछिको दीर्घकालीन समस्याबाट पीडित छन्, अनुसन्धानकर्ताले भनेका छन् । कोभिडपछिको दीर्घकालीन समस्याले विभिन्न देशको स्वास्थ्य प्रणालीमा दबाब दिनसक्ने उनीहरुको भनाई छ ।

कोभिड संक्रमितमध्ये ४९ प्रतिशत महिला र ३७ प्रतिशत पुरुषमा यस्तो समस्या देखिएको छ । अध्ययनअनुसार एशियामा ४९ प्रतिशत, युरोपमा ४४ प्रतिशत र उत्तर अमेरिकामा ३९ प्रतिशतमा कोभिडपछि दीर्घकालीन समस्या देखिएको छ । कोभिड भएको दुई सातापछि पनि लामो समयसम्म कोभिडजस्तै लक्षण देखिनुलाई दीर्घकालीन कोभिड मानिन्छ ।

शारिरिक कमजोरी, सास फेर्न कठिनाई हुनु, डिप्रेसन दीर्घकालीन कोभिडका लक्षण हुन् ।

तपाईको प्रतिक्रिया