Online Bichar
आइतबार, आश्विन ०४, २०८३ | Sunday, September 20, 2026

दमक, १ पुष २०७८ । झापाको दमकमा एक युवकको हत्या भएको घटनाको विरोधमा व्यवसायीहरुले आज सांकेतिक विरोध जनाएका छन । सांकेतिक विरोध स्वरुप आज एकदिन दमक बजार बन्द गरिएको छ ।

दमक-६ स्थित घिमिरे मार्केटको कपडा पसलमा कार्यरत दमक-२ का २५ बर्षिय प्रकाश पराजुलीको बुधबार साँझ करिब ७ बजे अपरिचित समुहले धारिलो हतियार प्रहार गरेर हत्या गरेको थियो ।

यस किसिमको खुलेआम अपाराधिक क्रियाकलाप वाट सम्पुर्ण उद्यमी व्यवसायी तथा आम स्थानिय बासीहरु असुरक्षित मात्र नभई त्रसित तथा आतंकित समेत हुन गएको अवस्था लाई मध्यनजर गर्दै हत्यारालाई छिटो भन्दा छिटो पत्ता लगाई हदै सम्मको कानुनी कारवाही को माग गर्दै सम्पूर्ण व्यापार व्यवसाय आज एक दिन बजार बन्द गर्ने निर्णय गरिएको दमक उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष गोपाल गुरागाइँले जानकारी दिए ।

उद्योग बाणिज्य संघ दमकका अध्यक्ष गोकुल श्रेष्ठले सुरक्षाको प्रत्याभुती दिलाउन, घटनाको सुक्ष्म अनुसन्धान गरी अपराधी पत्ता लगाउन प्रहरी प्रशासनको ध्यानाकर्षण गराइने बताए । इलाका प्रहरी कार्यालय दमकमा ज्ञापन पत्र बुझाउने र व्यवसायिक एकता र सुरक्षाका लागि व्यवसायीहरुले स्वतस्पूर्त रुपमा आव्हान गरेको सांकेतिक विरोधका कार्यक्रममा संघको तर्फबाट ऐक्यबद्धता जनाइएको पनि अध्यक्ष श्रेष्ठले बताए ।

प्रहरीले घटनामा संलग्नहरुको खोजि कार्यलाई तिब्र बनाएको जनाएको छ । हत्याको कारण भने अहिलेसम्म सार्वजनिक भइसकेको छैन ।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments