Online Bichar
बिहिबार, बैशाख ०६, २०८१ | Thursday, April 18, 2024

प्रदिप धमला
झापा, २६ मंसिर २०७८ । नेपालमा पत्रकारीता क्षेत्रलाई राज्यको चौथो अंग भनिन्छ । व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका पछि पत्रकारीता आउने गर्दछ । दैनिक रुपमा राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा घट्ने तथा हुने विभिन्न प्रकारका घटनाक्रमहरुलाई पत्रकारले त्यस ठाउँमा गएर, खोजेर लेखिने तथा संचार माध्यमबाट प्रशारण र प्रकासित गर्ने गरिन्छ । समाजमा घट्ने विविध प्रकारका घटनाहरुलाई सम्पूर्ण जनताले सोहि पत्रकारले लेखेको समचारलाई संचार माध्यमबाट सुनेर थाहा पाउँछन । घरमानै बसी बसी विभिन्न प्रकारका संचार माध्यमको प्रयोग गरी देश तथा विदेशमा भएका विभिन्न घटनाक्रमहरुको बारेमा जानकारी पाउन सक्नु भनेको ज्यादै राम्रो पक्ष हो । पत्रकार तथा मिडिया क्षेत्रले दिनरात नभनीकन आफ्नो सेवामा लागेर सत्य, तथ्य प्रमाणका आधारमा समाचार बनाएर प्रशारण गर्न लागि परिरहेका हुन्छन ।

 

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

नेपाल लगायत विश्वका प्राय सवै देशहरुमा पत्रकार रहेका हुन्छन । पत्रकार भन्ने वित्तिकै नेपालमा दुई प्रकारका पत्रकार भन्ने गरिन्छ । जसमध्ये सूचना विभागको कार्ड प्राप्त गर्ने र अर्को नेपाल पत्रकार महासंघको काड प्राप्त गर्ने भनि बुझिन्छ । यि दुई कार्ड प्राप्त पत्रकारहरुको समूहलाई मात्रै पत्रकार भनेर चिनिन्छ । पत्रकारीता विषय लिएर पढेका तथा त्यस क्षेत्रमा रहेर निरन्तर कलम चलाउने निष्पक्ष प्रकृतिका विशेष ज्ञान र सिप भएका व्यक्तिहरुलाई मात्र पत्रकारको काड प्रदान गरिन्छ । जसबाट लेखिएका समाचार तथा प्रकासित र प्रशारित समाचारहरुमात्र बस्तुनिष्ठ सत्य र तथ्यमा आधारित हुन्छन र हामी सहज रुपमा बुझ्न र पत्याउन सक्दछौ ।
पत्रकार भनेको विशिष्ट ज्ञान र सिप तथा क्षमता भएको व्यक्ति हो । जसलाई सामान्यतया सबै क्षेत्रको ज्ञान हुनु अति आवश्यक रहेको हुन्छ । पहिलेको समयमा पत्रकारहरुलाई आफ्नो काम गर्न दिईदैनथो । समाचार लेख्न तथा छाप्नलाई प्रतिवन्ध लगाईन्थो । आज यस क्षेत्र स्वतन्त्र रहेको छ । पत्रकारको कलम तरवार भन्दा पनि बलियो हुन्छ र दर्‍हो हुन्छ । पत्रकार भनेको ऐना जस्तै हो जसले जे हो त्यहि देखाउने काम गर्दछ । भएको सत्य तथ्य कुरालाई नघटाई नबढाई जस्ताको त्यस्तै स्पस्ट रुपमा देखाउने काम पत्रकारको हो । पत्रकारको आँखा तथा कलम निष्पक्ष तथा निस्स्वार्थ रुपमा प्रस्तुत हुनु पर्दछ ।

नेपाल लागयत प्राय सबै देशमा पत्रकारहरुको आधिकारिक संगठन रहको हुन्छ । तिनीहरुले आफ्नो आचार संहितामा बाधिएर कानून तथा नयमको पूर्ण रुपमा पालना गरेर आफ्नो परम धर्म पत्रकारीता पेशा गर्ने गर्दछन । नेपालमा पनि पत्रकारहरुको आफ्नै महासंघ रहेको हुन्छ । पत्रकारहरु पनि आफ्नो हक हितको लागि संगठनमा आवद्ध भएर आफ्नो व्यवसायिक कामलाई अगाडी बडाईरहेका हुन्छन । नेपालमा आधिकारीक पत्रकारहरुको संख्या हाल कम नै रहेको छ तर पनि मुलुकको सवै जसो क्षेत्रमा रहेर खटेर आफ्नो कामलाई अगाडि बडाईरहेका छन । पत्रकारको सदस्यता प्राप्त गरेपछि विभिन्न प्रकारका संचार माध्यममा आवद्ब भएर आफ्नो कामलाई अझ बढि व्यवसायिकता प्रश्तुत गरिरहेका छन जसमा सझम पत्रकार आउने क्रम जारी रहेको छ । तर अहिलेको परिस्थितिमा पत्रकार र संचारकर्मीलाई हामीले छुट्याउन नसकिरहेका छौ । सुचना प्रविधिको विकासले ल्याएका विभिन्न प्रकारका सामाग्रीहरुको प्रयोग गरी वाहिर देखिने व्यक्तिको हाल झुण्ड बड्दै गईरहेको छ ।

पत्रकारीताको ज्ञान नभएका एउटा संचार माध्यममा काम गर्ने वितिक्कै क्यामेरा लिएर फोटो खिच्ने तथा सूचना विभागको काड नभएका र महासंघको काड पनि नभएका मानिसहरुले आफुलाई पत्रकार भनि काम गरिरहेको पनि हामी पाउँछौ । यो पक्कै पनि गलत हो । संचार क्षेत्रमा रहेर काम गर्न त पाईन्छ तर सुचना विभागको काड पनि नभएका तथा पत्रकार महासंघको काड पनि नभएका व्यक्तिले आफुलाई पत्रकार चै भन्न मिल्दैन । उनिहरु संचारकर्मी मात्र हुन पत्रकार होईनन् । यि दुई थरीका काड प्राप्त व्यक्तिलाई पत्रकार भनिन्छ । अन्य प्राविधिक, कार्यक्रम प्रश्तोताहरुलाई संचारकर्मी भनिन्छ ।

हामीले समाचार सुन्दा तथा विश्वास गर्दा आधिकारीक पत्रकारहरुले लेखेको समाचार मात्र सुन्ने र विश्वास गर्ने गर्नु पर्दछ । जुन बस्तुनिष्ठ, निष्पक्ष तथा सत्य तथ्यमा आधारित हुन्छन । नेपालको यस परिपेक्षमा देशभरी नेपाल पत्रकार महासंघको शाखा कार्यालयहरु रहेका छन । उनीहरुले प्रत्येक जिल्लका आफ्ना आधिकारीक पत्रकारहरुको नामावली सुरक्षित राखेका हुन्छन । ति शाखा कार्यालयहरुले सम्पूर्ण पालिकाहरुलाई आधिकारीक पत्रकारहरुको परिचय दिनु पर्दछ । पालिकाहरुमा पत्रकारहरुको विवरण पठाउनु पर्दछ । सम्पूर्ण पालिका तथा संघ सस्थाहरुले आफ्नु सुचना तथा जानकारी आधिकारीक पत्रकार समक्ष दिन सकेमा मात्र सहि र सत्य कुराको जानकारी हुन सक्दछ । समाचारको मर्म तथा जनताले प्राप्त गर्ने जानकारी भरपर्दो किसिमले प्राप्त गर्न सकिन्थ्यो । कुनै पनि सूचनालाई समाचारको रुपमा लेखेर प्रस्तुत गर्ने प्रमुख कर्तव्य पत्रकारहरुकै हुने गर्दछ र हामी सो समाचारलाई सहजै विश्वास पनि गर्न सक्दछौ ।

नेपालमा आधिकारीक रुपमा काम गर्ने पत्रकारहरुले विभिन्न संचार माध्यममा रहेर काम गरिरहेका छन भने आफ्नै संचार माध्यम चलाएर पनि काम गरिरहेका छन । संचार माध्यम रेडियो, पत्रपत्रिका, टेलिभिजन तथा अनलाईन विज्ञापनकै भरमा चलेका हुन्छन । विज्ञापन खोजेर त्यसबाट आम्दानी गरेर मात्र संचार माध्यमहरुले आफ्ना कर्मचारीहरुलाई तलब लिने गर्दछ । हाल नेपालका संचार माध्यमहरुले विज्ञापन पर्याप्त मात्रामा पाईरहेको अवस्था छैन । राज्यबाट विज्ञापन सम्बन्धि ऐन बनेता पनि सहि रुपमा कार्यान्वयन हुन सकेको छैन । संचार माध्यमलाई विज्ञापनको कमी भई आम्दानी पनि कम भएको हुनाले कर्मचारीहरु कम तलबमै काम गर्न विवस छन । राज्यले श्रमजिवी पत्रकारहरुले पाउँने आधिकारीक तवल तोकेको भएता पनि कार्यान्वयन हुन सकेको छैन । राज्यले तोकेको तलब संचार माध्यमहरुले दिन नसक्ने तथा सूचना तथा संचार मन्त्रालयको वेवास्थाका कारण यो नियम लागू हुन सकेको छैन । श्रमजिवी पत्रकारहरुको आधिकारीक तलब तोकेर पनि नदिनु भनेको राज्यको धेरै ठुलो कमजोरी हो ।

राज्यको चौथो अंग भन्ने तर कर्मचारीहरुलाई दिईने तलबको विसयमा चै वेवास्ता गर्ने प्रवित्तिले सम्पूर्ण पत्रकारहरुलाई असर परेको छ । देशको राजनीतिक परिवर्तनसंग आउने नया सरकार तथा सूचना तथा संचार मन्त्रीले पनि श्रमजिवी पत्रकारहरुको आधिकारीक तलब कार्यान्वयन गर्ने भन्ने राजनीतिक एजेण्डा बनाउने गरेका छन तर त्यसको सही रुपमा कार्यान्वयन हुन सकेको छैन । त्यस तर्फ राज्को विशेष ध्यान जानु अतिआवश्यक छ । नेपाल पत्रकार महासंघ तथा नेपाल प्रेस काउन्सिलले पनि यस तर्फ सरकारको विशेष ध्यान केद्रित गराउनु पर्दछ । दिन रात नभनि कन हरेक समय देशको कुना कन्दरामा पुगी देशको सामाजिक, आर्थिक, राजनीतिक, समसामयिक तथा अन्य सबै क्षेत्रको खवरदारी गर्ने प्रश्न गर्ने तथा स्थलगत नीरिक्षण गरी सत्य तथ्य कुराहरु समेटेर समाचार बनाई जनालाई प्रचार प्रसार गर्ने आम पत्रकारहरुको हाम्रो देशमा उचित व्यवस्थान गर्नु पर्दछ । विश्वका सबै देशमा लगायत हाम्रो देशमा पनि महामारीको रुपमा फैलिएको कोरोना भाईरसले नेपाली जनता लगायत धेरै पत्रकारहरुलाई पनि असर गरेको थियो । यस महामारीको कारणबाट धेरै पत्रकारहरुले ज्यान पनि गुमाउनु भयो । कोरोना भाईरसको संक्रमण हाल केही कम भएता पनि सजकता अझै पनि अपनाउनु पर्ने अवस्था छ । नेपालका कोरोना भाईसको विकाराल स्थिति होस वा बाढी पहिरोको समय होस सम्पूर्ण पत्रकारहरुले आफ्नो जीउ ज्यान नभनीकन आफ्नो काममा लागि रहनु भएको छ ।

देशमा जस्तो परिस्थिति आए पनि, जस्तो सुकै भवितव्य आए पनि पत्रकारहरुले भोक, निद्रा नभनीकन आफ्नो सेवामा तल्लिन रहेका हुन्छन । वर्तमान सरकार, प्रतिपक्षी दल तथा विभिन्न राजनीतिक दलका नेताहरुलाई आफ्नो कामको खवरदारी गरी प्रश्न सोध्ने तथा त्यसको जवाफ सम्पूर्ण जनता समक्ष पूर्याउने जस्तो कठिन कार्यमा पनि पत्रकारहरुको अतुलनिय योगदान रहेको छ । त्यसकारण राज्यले सम्पूर्ण पत्रकारहरुको सेवा सुरक्षा तथा श्रमजिवी पत्रकारहरुले पाउँने आधिकारीक तलबको छिट्टै कार्यान्वयन गर्नु पर्ने र सरकारी विज्ञापन ऐन को कार्यान्वयन चाडो गर्नु पर्ने अपरिहार्य छ । नेपालको राजनीतिक संरचना विभिन्न भातृ संगठन तथा संघ संथामा पनि लागू गरिने परिपाटी रहेको छ । यस परिपेक्षमा नेपाल पत्रकार महासंघ पनि राजनैतिक तवरबाटै अगाडी बडेको छ । प्रेस चौतारी, प्रेस युनियन लगायत अन्य विभिन्न प्रकारमा विभाजीत भएर नेपाल पत्रकार महासंघले आफ्नो काम कारवाही गरिरहेको छ ।

राजनैतिक दलको भातृ संगठनको रुपमा रहेर पत्रकार महासंघले काम गर्नु गलत त मानिदैन तर पनि यता कता यो पाटीको पत्रकार त्यो पाटीको पत्रकार भन्ने परिपाटीको चै विकास भएको देखिन्छ । यसले पत्रकारीता क्षेत्रमा पक्कै नकरात्मक असर गर्दछ । पार्टीबाटै पत्रकारको संगठन छुट्टिन थालेपछि यो पार्टीको पत्रकार भन्न थालेपछि यसले निष्पक्ष समचार आउने नसक्ने हो कि भन्ने संका जन्माएको छ । त्यही समचारलाई आफ्नो पार्टीको पत्रकारले मिलाएर नराम्रो कुरा ढाकछोप गरेर लेख्छ भने अर्को पार्टीको पत्रकारले काम राम्रो गरेकै भएता पनि नराम्रो पक्ष मात्र लेख्नु चै पक्कै पनि राम्रो होईन । पत्रकारहरु आफ्नो संगठनमा काम गर्नु नै पर्दछ । आफ्नो लगायत अन्य पत्रकारहरुको सेवा सूरक्षाको विषयमा काम गर्नु पर्छ कलम चलाउनु पर्छ तर समचार लेख्ने समयमा कुनै पार्टीको पक्षमा नलागी निष्पक्ष सहित क्यामेरा नभई ऐना भएर लेख्नु तथा प्रशारण गर्नु आजको आवश्यकता हो । हाल हाम्रो देश नेपालमा विभिन्न पार्टीहरुको महाधिवेशन चलिरहेको छ । यसमा विभिन्न पार्टिका कार्यकारी पदहरुमा पनि पत्रकारहरुको संलग्नता भएको छ । यसले पत्रकारीता क्षेत्रमा कति असर गर्ला की नगर्ला भोलीको दिनमा अवश्यनै देखिने कुरा हो ।
नेपाल पत्रकार महासंघले पत्रकारको सदस्यता प्राप्त गरेका व्यक्तिले पार्टीको कार्यकारी पदमा प्रवेश गरेमा वा सदस्यता लिएमा कारवाही गर्ने भन्ने कुरा पनि बाहिर आईरहेको छ ।

अहिलेको समयमा पत्रकार महासंघको त्यस अभिव्यक्ति कार्यान्वयनमा आएको देखिदैन । यो भन्दैमा पार्टीको सदस्यता लिनु नै हुदैन भन्ने पनि हैन कार्यकारी पदमा बस्नु हुदैन भन्ने पनि होईन पत्रकारले आफ्नु काम निष्पक्ष भएर गर्छन भने पार्टीको सदस्यता लिए पनि कार्यकारी पदमा बसेता पति कुनै असर गर्दैन । पत्रकारले गर्ने काम तथा उसको व्यवहारलाई हेरेर उसले लेखेको समचारलाई हेरेर निष्पक्ष छ की छैन भन्ने सहजै छुट्टाउन सकिन्छ । सम्पुर्ण पत्रकारहरुले आफ्नु काममा कुनै स्वार्थ नराखी निष्पक्ष भएर काम गर्नु पर्दछ । नेपाल सरकार तथा संवन्धित निकायले पनि पत्रकारहरुको सेवा सुरक्षा, सरकारी विज्ञापन तथा श्रमजिवी पत्रकारले पाउने तलबको सहि कार्यान्वयन गर्नु पर्छ ।

तपाईको प्रतिक्रिया