Online Bichar
बुधबार, बैशाख २६, २०८१ | Wednesday, May 8, 2024

एजेन्सी, २२ मंसिर २०७८ । भारतीय सेनाध्यक्ष विपिन रावतको हेलिकप्टर दुर्घटनामा मृत्यु भएको छ ।

तमिलनाडुको कुन्नुरमा बुधबार दिउँसो भारतीय सेनाको हेलिकप्टर दुर्घटनामा सेनाध्यक्ष्य रावत, उहाँकी श्रीमतीसहित अरु ११ जनाको पनि मृत्यु भएको छ ।

भारतीय वायुसेनाले केही बेर अघि ट्वीटर मार्फत मृत्युको पुष्टि गरेको हो ।

हेलिकप्टरमा भारतीय सेना प्रमुख चिफ अफ डिफेन्स रावत आफ्ना परिवारका सदस्य र उच्च अधिकारीसहित सवार हुनुभएको थियो ।

घटनाबारे भारतीय सरकारले भने औपचारिक जानकारी गराएको छैन । दुर्घटनास्थलका कलेक्टरले १४ यात्रुमध्ये १३ जनाको मृत्यु भएको र एक जना पुरुषमात्र जिवित रहेको बताएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

दुर्घटनामा सेनाध्यक्ष रावतको निधनसंगै प्रधानमन्त्री नरेन्द्र मोदीले तत्काल सुरक्षा समितिको बैठक बोलाउनुभएको छ । सरकारले घटनाबारे भोलिमात्रै विस्तृत विवरण उपलब्ध गराउने बताइएको छ ।

जनरल रावतलाई जनवरी, २०२० मा देशको पहिलो चिफ अफ डिफेन्स स्टाफ नियुक्त गरिएको थियो । यस अघि उहाँ थल सेना प्रमुख हुनुहुन्थ्योे ।

 

तपाईको प्रतिक्रिया