Online Bichar
शनिबार, बैशाख ०८, २०८१ | Saturday, April 20, 2024

एजेन्सी, १६ मंसिर २०७८। भारतको राजधानी नयाँ दिल्लीमा प्रदूषण उच्च बिन्दुमा पुगेपछि दिल्लीका सम्पूर्ण विद्यालय एक साताका लागि बन्द गरिएका छन् ।

यहाँको सर्वोच्च अदालतले प्रदुषण बढेका कारण एक साताका लागि बिद्यालय बन्द गर्न आदेश दिएको छ । आदेश लगत्तै दिल्लीका सरकारी र सरकारी मान्यता प्राप्त सम्पूर्ण विद्यालय एक साताको लागि बन्द गरिएको हो ।

दिल्लीमा गत नोभेम्बरका ११ दिन दिल्लीको वायु प्रदूषण स्तर नाजुक अवस्थामा थियो । जुन सन् २०१६ को नोभेम्बरको १० दिन बढी रहेको बीबीसीले जनाएको छ ।

नोभेम्बरमा एक दिन पनि दिल्लीमा वायुस्तरमा सुधार नआएको तथ्यांकले देखाएको छ । विज्ञहरूले नजिकका राज्यहरूमा कृषकले खेतमा पराल जलाउँदा र दिपावलीका कारण वायु प्रदूषण उच्च भएको बताएका थिए । भारतमा सन् २०१५ देखि वायु प्रदूषण मापन थालिएको हो ।

तपाईको प्रतिक्रिया