Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

एजेन्सी, १५ मंसिर २०७८ । सिक्किममा विदेशी पर्यटक प्रवेशमा आजबाट रोक लगाइएको छ । कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको जोखिम बढेको भन्दै सिक्किम सरकारले आज बिहान ६ बजेदेखि लागू हुनेगरी डिसेम्बर १५ सम्म विदेशी पर्यटक प्रवेशमा प्रतिबन्ध लगाएको हो ।

ओमिक्रोनको संक्रमण राज्यमा छिर्न नदिन भन्दै सिक्किम सरकारले यस्तो प्रतिबन्ध लगाएको हो । राज्यको गृह विभागले पर्यटन विभागलाई पत्राचार गर्दै सिक्किम घुम्न आउने कुनै पनि विदेशी पर्यटकलाई प्रवेश नदिन र कुनै पनि पर्मिट जारी नगर्न आदेश दिएको छ ।

सिक्किम सरकारले राज्यमा प्रवेशका लागि बनाएका अन्य नियम यथावत् राखेको छ । विदेशी पर्यटकलाई प्रवेशमा रोक लगाउने सिक्किम भारतको पहिलो राज्य बनेको छ ।

 

तपाईको प्रतिक्रिया