Online Bichar
बिहिबार, बैशाख १३, २०८१ | Thursday, April 25, 2024

वासिङ्टन, ८ मंसिर २०७८ । अमेरिकी राष्ट्रपति जो बाइडेनले नेपालसहित ११० देशका प्रमुख तथा प्रतिनिधिहरूलाई निमन्त्रणा गरेका छन् । बाइडेनले आयोजना गरेको प्रजातान्त्रिक शिखर सम्मेलनमा दक्षिण एसियाली क्षेत्रबाट नेपाल नेपालसहित ११० देशका प्रमुख तथा प्रतिनिधिहरूलाई निमन्त्रणा गरेका हुन् ।

भर्चुअल माध्यमबाट हुने सम्मेलनमा एक सयभन्दा बढी देशका प्रमुख तथा प्रतिनिधिहरू सहभागी हुने अपेक्षा गरिएको छ । लोकतन्त्रलाई केन्द्रमा राखेर आयोजना गरिएको सम्मेलनमा सहभागीताका लागि अमेरिकी राष्ट्रपति बाइडेनले संसारभरिका प्रजातान्त्रिक मुलुकका प्रतिनिधिहरूलाई निमन्त्रणा गरेका हुन् ।

सम्मेलन आगामी डिसेम्बर ९ र १० तारिखमा हुने तय भएको हो । सम्मेलनमा दक्षिण एसियाली क्षेत्रबाट नेपाल, भारत, पाकिस्तान र मालदिभ्सलाई मात्र निमन्त्रणा गरिएको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ ।

बङ्गलादेश, भुटान, श्रीलङ्का र अफगानिस्तानको नाम भने अमेरिकाले निमन्त्रणा गरेका देशहरूको सूचीमा छैन ।

बाइडेन प्रजातान्त्रिक मुलुकहरूबिच सम्बन्धलाई मजबुद् बनाउन सम्मेलनको आयोजना गरेको बताउने गरेका छन् ।

 

तपाईको प्रतिक्रिया