Online Bichar
मंगलबार, बैशाख ०४, २०८१ | Tuesday, April 16, 2024

एजेन्सी, ३ मंसिर २०७८ । कोभिड–१९ को संक्रमण उकालो लागेपछि युरोपेली मुलुक अस्ट्रियाले आगामी सोमबारदेखि मुलुकभर लकडाउन गर्ने भएको छ ।

यसअघि अस्ट्रिया सरकारले कोरोनाविरुद्धको खोप नलगाएकाहरुलाई मात्र लक्षित गरी प्रतिबन्धात्मक व्यवस्था लागू गरेको थियो ।

अस्ट्रियाका चान्सलर अलेक्जेन्डर शालेन बर्गले लकडाउन कम्तिमा १० दिनसम्म रहने बताउनु भएको छ । उहाँले आगामी फ्रेब्युअरीदेखि अनिवार्य खोप लगाउनै पर्ने गरि कानुन ल्याउने प्रस्ट पार्नु भयो । अस्ट्रियामा अन्य युरोपेली मुलुकको तुलनामा खोप लगाउनेको संख्या निकै कम छ ।

अस्ट्रियासँगै कयौ यूरोपेली मुलुकले पनि संक्रमितको बढ्दो संख्यालाई ध्यानमा राखेर प्रतिबन्ध लगाउने दिशातर्फ अघि बढिरहेका छन् । प्रान्तीय गभर्नरहरुसँगको बैठकमा चान्सलर शालेन बर्गले आफुले संक्रमणको पाँचौ लहर नचाहेको बताउनुभयो ।

यसैबीच स्लोभाकिलायका प्रधानमन्त्री एडुअर्ड हेजरले खोप नलगाउनेहरुलाई आगामी सोमबारदेखि केही विषयहरुमा प्रतिबन्ध लगाउने बताउनु भएको छ । जर्मनीका नेता पनि कोरोनाविरुद्वको खोप नलगाउनेहरुलाई विभिन्न प्रतिबन्धका लागि तयार देखिएका छन् ।

तपाईको प्रतिक्रिया