Online Bichar
शनिबार, बैशाख ०८, २०८१ | Saturday, April 20, 2024

१ मंसिर २०७८ । अमेरिकी औषधि कम्पनी फाइजरले कोभिड-१९ विरुद्ध विकास गरेको औषधि खाने चक्की ९५ वटा विकासोन्मुख राष्ट्रहरूमा उत्पादन र बिक्रीका लागि अनुमति दिने सम्झौता गरेको छ ।

यो सम्झौताले विश्वका ५३ प्रतिशत जनसंख्यालाई उपाचार गर्न सकिनेछ । फाइजरले संयुक्त राष्ट्र संघले सहयोग गरिरहेका मुलुकलाई नाफा नलिने गरी उत्पादन र बिक्रीको अनुमति दिएको हो ।

तर यो सम्झौताले कोरोनाका कारण गाँजेका विश्वका कयौं देशहरुलाई छुटाएको छ । जसमा विश्वमै प्रभावित मध्येको मुलुक ब्राजिल समेत परेको छ ।

फाइजरले उत्पादन गरेको कोभिड उपचारका लागि प्रयोग हुने खानेचक्की प्याक्सलोभिडले वयस्कहरुमा कोरोनाको जोखिम घटाएको अध्ययनले देखाएको छ ।

हिजो भएको सम्झौतामा फाइजरले स्थानीय औषधि उत्पादकहरूलाई विश्व जनसंख्यामा अधिक पहुँच पुर्‍याउने लक्ष्यका साथ कोभिडको चक्की उत्पादन गर्न अनुमति दिएको छ । यसै गरी कम आय भएका देशहरूमा बिक्रीबाट प्राप्त हुने रोयल्टी समेत छुट गरिएको छ ।

 

तपाईको प्रतिक्रिया