Online Bichar
बिहिबार, बैशाख १३, २०८१ | Thursday, April 25, 2024

एजेन्सी, १ मंसिर २०७८ । बेलारुसबाट पोल्याण्ड प्रवेश गर्ने उद्धेश्यले पोल्याण्डको सिमानामा जम्मा भएका आप्रवासी र पोलिस सुरक्षाकर्मीबीच झडप भएको छ ।

पश्चिम पोल्याण्डको कुजनिका क्षेत्रमा भेला भएका आप्रवासीहरुले पोलिस सिमा सुरक्षा बलमाथि निरन्ततर ढुंगा बर्षाएको र उताबाट सुरक्षाकर्मीले अश्रुग्यास र पानीको फोहोराले प्रतिकार गरेको जनाइएको छ । पोल्याण्डको राष्ट्रिय सुरक्षा मन्त्रालयले पोल्याण्ड घुस्न चाहने आप्रवासीहरुले बेलारुसी भूमिबाट आफ्ना सीमा सुरक्षा बलमाथि निरन्तर प्रहार गरिरहेको जनाएको छ ।

आप्रवासीहरुको प्रयासलाई रोक्न पोलिस सुरक्षाकर्मीले अश्रुग्यास र पानीको फोहोरा प्रयोग गरेको पनि पोलिस रक्षा मन्त्रालयले जनाएको छ । आप्रवासीहरुका लागि मानवीय सहयोग गर्न पुगेका गैरसरकारी संस्थाहरुले भने पोल्याण्डले आप्रवासीहरुप्रति देखाएको ब्यवहार अक्षम्य भएको आरोप लगाएका छन् ।

शुरुदेखि नै कानुनी प्रक्रिया अपनाउनु पर्नेमा बल प्रयोग गरेको आरोप पनि उनीहरुले लगाएका छन् । उता पोलिस सुरक्षाकर्मीले भने बेलारुसको प्रत्यक्ष संलग्नतमा कुनै पनि बेला आप्रवासीहरु बार तोडेर पोल्याण्ड छिर्ने तयारीमा रहेको दाबी गरेको छ । मंगलबार दिउँसो आप्रवासीहरु भागदौड गरेको भिडियो सामाजिक सञ्जालमा फैलिएको छ ।

जिरो डिग्री सेल्सियसमा बञ्जर क्षेत्रमा हज्जारौं आप्रवासीहरु थुप्रिएकाले कुनै पनि बेला ठूलै मानवीय संकट आउन सक्ने चेतावनी पनि स्वतन्त्र पर्यवेक्षकहरुले दिएका छन् ।

 

तपाईको प्रतिक्रिया