Online Bichar
शुक्रबार, चैत्र १६, २०८० | Friday, March 29, 2024

एजेन्सी, २६ कार्तिक २०७८। म्यानमारको एक अदालतले अमेरिकी पत्रकार डेनी फेन्स्टरलाई ११ वर्ष जेल सजाय सुनाएको छ । अध्यागमन कानून उल्लंघन गरेको र सेनाविरुद्ध गैरकानूनी कार्यमा सहभागी भएको ठहर गर्दै उनलाई सजाय सुनाइएको हो ।

उनीविरुद्ध यही हप्तामात्रै आतंकवादी गतिविधिमा संलग्न भएको आरोप समेत लगाइएको थियो । उक्त मुद्दाको सुनुवाई भएको छैन । ती आरोप पुष्टि भए डेनीलाई जन्मकैद हुन सक्छ ।

फ्रन्टियर म्यानमार नाम गरेको अनलाइन समाचार पोर्टलको कार्यकारी सम्पादक रहेका फेन्स्टरलाई मे महिनामा यानगुन विमानस्थलबाट पक्राउ गरिएको थियो ।

डेनीले पहिला स्वतन्त्र अनलाइन पोर्टल ‘म्यानमार नाउ’ मा काम गर्थे । फ्रन्टियरका अनुसार डेनीले जुलाई २०२० मा म्यानमार नाउबाट राजीनामा दिएका थिए र पक्राउ गरिएको बेला उनी फ्रन्टियरमा काम गरिरहेको जनाएको छ । डेनीलाई कू पछि प्रतिबन्धित ुम्यानमार नाउुमा काम गरेकै आधारमा पक्राउ गरिएको फ्रन्टियरले जनाएको छ । फ्रन्टियरले डेनीविरुद्ध लगाइएका सबै आरोपहरु गलत रहेको समेत जनाएको छ।

सेनाले सत्ता हातमा लिँदै कू गरे पछि म्यानमारमा विदेशी पत्रकारहरु सैन्य सरकारको निशानामा परिरहेका छन् ।

 

तपाईको प्रतिक्रिया