Online Bichar
शनिबार, बैशाख १५, २०८१ | Saturday, April 27, 2024

बेइजिङ, ९ कात्तिक २०७८ । चीनले ४० लाख मानिस बसोबास गर्ने सहर लान्झोउमा मंगलबार ‘लकडाउन’ जारी गरेको छ । कोरोनाको संक्रमण लगातार वृद्धि भएपछि यस्तो उपाय अपनाइएको हो । अहिले त्यहाँका वासिन्दालाई आपत्कालीन अवस्थाबाहेक घरबाट बाहिर ननिस्कन भनिएको छ ।

चीनले सुरुवातदेखि नै भाइरस नियन्त्रण गर्न सिमाना र देशभित्रै पनि एकदमै कडाइ गर्दै आएको छ । मंगलबार चीनमा २९ नयाँ संक्रमित भेटिएको थियो । जसमा ६ नयाँ बिरामी लान्जोउबाट रहेको बताइएको छ । यस्तोमा लान्झोउका वासिन्दालाई सरकारले घरैमा बस्न निर्देशन दिइसकेको छ ।

यद्यपि, चीनमा संक्रमितको संख्या निकै कम छ तर गाँसू प्रान्तको राजधानी लान्झोउमा सावधानी स्वरुप लकडाउन लागू गरिएको छ । सोमबार चीनमा २९ नयाँ संक्रमित भेटिएका थिए जसमध्ये लान्झोउमा ६ जना मात्रै भेटिएका थिए ।

शहरका अधिकारीले लान्झोउमा प्रवेश र त्यहाँबाट बाहिरिने प्रक्रियालाई पूर्ण रुपमा नियन्त्रित गरिने बताएको समाचार एजेन्सी एएफपीले बताएको छ । प्रशासनले एउटा बयानमा भन्यो, ‘सबै मानिस आफ्नो हाउजिङ कम्प्लेक्स भित्र नै बस्नुपर्छ ।’ राजधानी बेइजिङमा भने मंगलबार तीन नयाँ संक्रमित फेलापरेका छन् ।

यसअघि पनि उत्तरी चीनमा हजारौं मानिसलाई घरभित्रै बस्न कडा आदेश दिइसकिएको छ । चीनमा कोरोनानको ताजा संक्रमण डेल्टा भेरियन्टसँग सम्बन्धित भएको बताइएको छ ।

बाँकी विश्वसँग तुलना गर्दा चीनको संक्रमणदर अत्यन्तै थोरै लागे पनि चीनले महामारीको सुरुवातदेखि नै शून्य संक्रमण नीति अपनाउँदै आएको छ ।

 

तपाईको प्रतिक्रिया