Online Bichar
शुक्रबार, बैशाख ०७, २०८१ | Friday, April 19, 2024

एजेन्सी, ३१ असोज २०७८ । भारतको केरलामा ठूलो पानीका कारण आएको बाढीले जनजीवन प्रभावित बनेको छ । बाढीका कारण केरलामा अहिलेसम्म ६ जनाको ज्यान गएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

अहिले पनि पानी निरन्तर परिरहेकाले नागरिकको राहत र उद्धारका लागि सेना तैनाथ गरिएको केरलाका रक्षा जनसम्पर्क कार्यालयले जनाएको छ ।

केरलाको इडुकी, पथनमथिट्टा, त्रिसूर र कोट्टयम बाढीका कारण सबैभन्दा धेरै प्रभावित भएका छन् ।

भारतको मौसम विज्ञान विभागले केरला, कर्नाटक, तमिलनाडू, पुडुचेरी र कराईकल लगायतका क्षेत्रमा आज झनै ठूलो पानी पर्न सक्ने भएकाले सचेत रहन आग्रह गरेको छ ।

अरब सागरमा बनेको पानी पार्ने प्रणालीका कारण पाँच जिल्लामा रेड अलर्ट र सात जिल्लामा ओरेन्ज अलर्ट जारी गरेको छ ।

 

तपाईको प्रतिक्रिया