Online Bichar
बिहिबार, बैशाख ०६, २०८१ | Thursday, April 18, 2024

बिनिता निरौला
गौरादह, २७ असोज २०७८ । गौरादहमा संचालन भएको वडा नं.४ को वडाध्यक्ष कप नकआउट फुटबल प्रतियोगितामा वडा नं.९ ले फाइनलमा स्थान सुरक्षित गरेको छ। मंगलबार सम्पन्न खेलमा वडा नं.९ ले वडा नं.२ लाई ट्राइभरेकर्डमा ५-४ गोल अन्तरले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेकोहो।

जनता मा.बि. गौरादहको खेलमैदानमा भएको खेलमा निर्धारित समयमा दुबै टिमबाट १-१ गोल भएपछि नतिजाका लागि ट्राइभरेकर्डलाई पर्खनु परेको थियो।पहिलो हापको मध्यान्तर अगाडि सम्म बराबरीमा रहेको खेलमा दोस्रो हापको सुरुवाती समयमा वडा नं.२ का पेशल गिरीले गोल गर्दै अग्रता लिएपनि अन्तिम एक मिनेट समय समालिन नसक्दा वडा नं.९ का भरतमणि निरौलाले गोल गर्दै १-१ को बराबरीमा ल्याएका थिए।

बाँकी समयमा गोल हुन नसकेपछि समय अभाबका कारण समय थप नगरी पेनाल्टी हान्न निर्देशन दिएका थिए। अत्यान्तै प्रतिस्पर्धात्मक खेलमा दुबै टिमले गोल गर्ने केही सुन्दर अवसर पाएपनि गोल गर्नबाट चुकेका थिए।खेलको अधिकांश समय वडा नं.९ ले बल आफ्नो पकटमा नियन्त्रण गरेपनि वडा नं.२ का गोलकिपरले सुन्दर बचाउ गरेका थिए। वडा नं.९ का खेलाडीले वडा नं.२ को पोष्टमा बल प्राहार गरेपनि गोल किपर बाधक बनेका थिए। बुधबार वडा नं. १ र ४ बिच दोस्रो सेमिफाइनल खेल हुने आयोजकले जनाएको छ।

 

तपाईको प्रतिक्रिया