Online Bichar
शुक्रबार, फाल्गुण ०२, २०८१ | Friday, February 14, 2025

बिनिता निरौला

गौरादह, २६ असोज २०७८ । गौरादह-३ मा धिमधिमे युवा क्लबले आयोजना गरेको वडा स्तरिय खुल्ला पुरुष भलिबल प्रतियोगिताको उपाधी वडा नं.४ ले उचालेको छ।मंगलबार सम्पन्न फाइनल खेलमा वडा नं.४ ले वडा नं.३ लाई २५-१०, २५-११ र २५-१६ को सोझो सेटमा पराजित गरेको हो।फाइनल खेल अगाडि खेलकुद बिकाश समिति गौरादह र लाइन्स क्लब गौरादह बिच भएको खेलमा ३१-२८ को सेटमा लाइन्स क्लब बिजय भएको थियो।सुर्यदय आधारभुत बिद्यालयको खेलमैदानमा सम्पन्न खेलमा जित सँगै वडा नं.४ ले नगद २५ हजार र दोस्रो भएको वडा नं.३ ले नगद १५ हजारका साथै ट्रफी, मेडल र प्रमाणपत्र हात पारेका थिए।

धिमधिमे युवा क्लबका अध्यक्ष प्रबिण बस्नेतको सभापतित्वमा सम्पन्न कार्यक्रममा गौरादह नगरपालिकाका मेयर रोहित कुमार शाह प्रमुख अतिथि रहेका थिए। त्यस अवसरमा वडा नं.३ का वडाध्यक्ष गजेन्द्र घिमिरे, सुर्यदय आधारभूत बिद्यालयका पुर्ब अध्यक्ष स्याम पोख्रेल लगायतले शुभकामना मन्तब्य राखेका थिए।

तपाईको प्रतिक्रिया