Online Bichar
शुक्रबार, बैशाख ०७, २०८१ | Friday, April 19, 2024

काठमाडौं, २२ असोज २०७८ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटअन्तर्गत शुक्रबार लिगका अन्तिम दुई खेल एकै समयमा हुँदैछन् ।

दुबई क्रिकेट मैदानमा दिल्ली क्यापिटल्स र रोयल च्यालेन्जर्स बेंगलोरबीच प्रतिस्पर्धा हुँदा आवूधाबीमा मुम्बई इन्डियन्स र सनराइजर्स हैदराबादबीच प्रतिस्पर्धा हुनेछ ।

दुवै खेल नेपाली समय अनुसार बेलुका ७ः४५ बजे सुरु हुनेछ । दिल्ली शीर्षस्थानमा रहँदै क्वालिफायर पुगिसकेको छ ।

बेंगलोरको शीर्ष दुईमा रहने अंक गणीतिय सम्भावना मात्रै बाँकी छ । शुक्रबारको खेलमा बेंगलोरले क्वालिफायरमा स्थान बनाउन दिल्लीलाई विशाल अन्तरले हराउनुपर्ने हुन्छ । यता, मुम्बईलाई शीर्ष चारमा रहन असम्भव मानिने समीकरण छ ।

मुम्बईले पहिले बलिङ गर्नुपरेमा समीकरणनै समाप्त हुनेछ । पहिला ब्याटिङ गरेर हैदराबादलाई १ सय ७० बढी रनको फराकिलो अन्तरको जित निकाल्न सकेमात्रै प्लेअफमा पुग्नेछ ।

हैदराबादलाई भने मुम्बईसँगको खेल प्रतिष्ठाको लडाईं मात्रै हो । हैदराबाद अन्तिम खेलमा जितका साथ लिग अन्त्य गर्न चाहन्छ ।

 

तपाईको प्रतिक्रिया