Online Bichar
बिहिबार, चैत्र १५, २०८० | Thursday, March 28, 2024

एजेन्सी, २२ असोज २०७८ । यस वर्षको नोबेल शान्तिपुरस्कार फिलिपिन्स र रुसका दुईजना पत्रकारलाई संयुक्त प्रदान गरिएको छ ।

फिलिपिन्सका पत्रकार मारिया रेसा र रुसी पत्रकार डिमित्री आन्द्रेभिच मुरातोभलाई प्रजातन्त्र र दिगो शान्तिका लागि अपरिहार्य रहेको अभिव्यक्ति स्वतन्त्रताको रक्षामा गरेको प्रयासका लागि सम्मानित गर्ने निर्णय गरेको नोबेल कमिटीले उल्लेख गरेको छ ।

अभिव्यक्ति स्वतन्त्रताको आदर्शमा उभिएका सबै पत्रकारहरुको साझा व्यक्तिको रुपमा पुरस्कृतलाई लिइएको कमिटीले जनाएको छ । उहाँहरुलाई ३ सय २९ उम्मेद्वारहरुबाट छानिएको हो । रेसा समाचार साइट ¥यापलरको सह–संस्थापक हुनुहुन्छ । शक्तिको दुरुपयोग, अधिनायकवादका लागि हिंसाको उपयोगकको विषयलाई उहाँले फिलिपिन्समा उजागर गर्दै आउनु भएको छ ।

रुसी पत्रकार मुरातोभ स्वतन्त्र समाचारपत्र नोवाया गजेटा को सह–संस्थापक हुनुहुन्छ । उहाँ २४ बर्षदेखि यसको मुख्य सम्पादकको जिम्मेवारी सम्हाल्दै आउनु भएको छ ।

मुरातोभले रुसमा बढ्दो चुनौतिकाबीच पनि अभिव्यक्ति स्वतन्त्रताको रक्षा गर्नु भएको थियो । नोबेल कमिटीले स्वतन्त्र र तथ्यमा आधारित पत्रकारिताले शक्तिको दुरुपयोग, झुट र युद्धको प्रचारविरुद्ध सुरक्षा प्रदान गर्ने आफ्नो विज्ञप्तीमा जनाएको छ ।

 

तपाईको प्रतिक्रिया