Online Bichar
शुक्रबार, बैशाख ०७, २०८१ | Friday, April 19, 2024

एजेन्सी, १९ असोज २०७८ । भारतमा कोभिडका कारण मृत्यु हुनेको परिवारले ५० हजार भारतीय रुपैया क्षतिपुर्ती पाउने भएका छन् ।

भारतको शिर्ष अदालतले कोभिडबाट मृत्यु भएका प्रत्येक व्यक्तिका नाममा ५० हजार भारुको क्षतिपूर्ति दिने निर्णयलाई स्वीकृत गरेपछी अव पिडीत परिवारले ५० हजार भारतीय रुपैयाँ पाउने भएको हो ।

भारतको प्रकोप व्यवस्थापन कानुन अन्तर्गत मृतकलाई क्षतिपूर्ति दिन वकिलहरुले बुझाएको आवेदनपछि सर्वोच्च अदालतले यस्तो निर्देशन दिएको हो ।

भारतको अदालतले न्यायाधिश एमआर शाहले आवेदन दिएको एक महिना भित्रै मृतकका परिवार या आफन्तले क्षतिपूर्ति रकम प्राप्त गर्ने बताएका हुन् । यसमा सरकारले कति खर्च गर्नुपर्ला भन्ने चाहिँ स्पष्ट नभएको बताइएको छ ।

भारतमा कोभिडका कारण हालसम्म ४ लाख ४९ हजार बढीले ज्यान गुमाएका छन् । तर विज्ञहरुले वास्तविक तथ्यांक यो भन्दा दश गुणा बढी हुन सक्ने बताइरहेका छन् ।

 

तपाईको प्रतिक्रिया