Online Bichar
शुक्रबार, चैत्र १६, २०८० | Friday, March 29, 2024

एजेन्सी, १४ असोज २०७८ । बंगलादेशमा एक जना रोहिंग्या शरणार्थी नेताको गोली हानी हत्या गरिएको छ ।

म्यानमारबाट आएका रोहिंग्या शरणार्थीको शिविरमा प्रवेश गरेका चाररपाँच जना बन्दुकधारीले ४८ वर्षीय शरणार्थी नेता मोहिब उल्लाहमाथि गोली प्रहार गरेका थिए ।

शिविरस्थित आफनो कार्यालय परिसरमा अरू शरणार्थी नेताहरूसँग कुराकानी गरिरहेका बेला उल्लाहमाथि गोली हानिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

सन् २०१७ मा म्यानमार सरकारले रखाइन प्रान्तमा दमन बढाएपछि लाखौं रोहिंग्या मुस्लिमहरूले छिमेकी बंगलादेशमा शरण लिएका थिए । बंगलादेशमा अहिले रोहिंग्या शरणार्थीका ३४ वटा क्याम्प बनाइएका छन् ।

उल्लाहले रोहिंग्या शरणार्थीको हकहितमा काम गर्न आराकान रोहिंग्या सोसाइटी फर पिस एन्ड ह्युमन राइट्स भन्ने संस्था खोलेको समाचारमा उल्लेख छ ।

उल्लाहको हत्याको पछाडी कस्को हात थियो भन्ने बारे कुनै खुलासा भएको छैन । उनको मृत्युमा शरणार्थी सम्बन्धी संयुक्त राष्ट्र संघको उच्च आयोगले गहिरो दुःख व्यक्त गरेको छ ।

 

तपाईको प्रतिक्रिया