Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

एजेन्सी, १ असोज २०७८। अन्तरिक्षमा ९० दिन बसेर तीन चिनियाँ यात्री पृथ्वीमा फर्किएका छन् । चीनको अहिलेसम्मको लामो मानवसहितको अन्तरिक्ष अभियान सकेर तीन अन्तरिक्षयात्री पृथ्वी फर्किएका हुन् । चीनले पृथ्वीबाट तीन सय ८० किलोमिटर माथि बनाएको अन्तरिक्ष केन्द्रको टियाहे मोड्युलमा ९० दिन बसेर उनीहरू पृथ्वीमा फर्किएका हुन् ।

चिनियाँ अन्तरिक्षयात्रीहरू न्ये खाइसङ, ल्यु बोमिङ र टाङ हङ्बो हिजो शन्जो–१२ अन्तरिक्षयान चढेर अन्तरिक्ष केन्द्रबाट निस्किएका थिए । यी तीन चिनियाँ अन्तरिक्षयात्रीले शुक्रबार स्थानीय समयअनुसार दिउँसो १ बजेर ३५ मिनेटमा भित्री मङ्गोलियाको गोबी मरुभूमिमा अवतरण गरेका छन् ।

सोही मरुभूमिबाट गत जुन १७ मा उनीहरूको अन्तरिक्षयान उडेको थियो । अन्तरिक्ष केन्द्रमा रहँदा ती तीन अन्तरिक्षयात्रीले पृथ्वीमा डाटा पठाउने प्रयोग गर्ने र घण्टौंसम्म अन्तरिक्षमा हिड्ने गरेको चीनबाट प्रकाशित ग्लोबल टाइम्सले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया