Online Bichar
बिहिबार, बैशाख ०६, २०८१ | Thursday, April 18, 2024

एजेन्सी, ३० भदौ २०७८ । बेलायतले संसदमा चिनियाँ राजदूतको प्रवेशलाई प्रतिबन्ध लगाएको छ । गएको मार्चमा चीनले आफ्नो देशविरुद्ध अफवाह फैलाएको भन्दै बेलायतको तल्लो सदनका पाँच र माथिल्लो सदनका दुई सांसदलाई यात्रा प्रतिबन्ध लगाएको थियो ।

प्रतिबन्धसँगै उनीहरूको सम्पत्ति रोक्का गरेको थियो । यसैको बदलामा बेलायतका लागि चिनियाँ राजदूत झङ जगवाङ लाई बेलायतको संसद प्रवेश निषेध गरिएको बीबीसीले जनाएको छ ।

चीनसम्बन्धी सर्वदलीय समूहले बुधबार आयोजना गरेको जमघटमा चिनियाँ राजदूत झङ जगवाङ सहभागी हुने कार्यक्रम तय गरिएको थियो ।

तल्लो सदन ‘हाउस अफ कमन्स’का सभामुख लिन्ड्जी होयल र माथिल्लो सदन ‘हाउस अफ लर्ड्स’का सभामुख लर्ड मक्फलले विदेश मन्त्री झङको व्यापक विरोध भएका कारण उहाँको प्रवेशमा रोक लगाइएको जानकारी दिनुभयो ।

यता चिनियाँ दूतावास भने बेलायतको यो कदमलाई घृणित र कायर निर्णय भएको प्रतिक्रिया दिएको छ । यसले दुई देशबीच तनाव थप बढ्न सक्ने अनुमान गरिएको छ ।

 

तपाईको प्रतिक्रिया