Online Bichar
शुक्रबार, बैशाख ०७, २०८१ | Friday, April 19, 2024

एजेन्सी, २८ भदौ २०७८ । अफगानिस्तानको तालिवान सरकारले सहशिक्षामा प्रतिबन्ध लगाएको छ । बिश्वबिद्यालयहरुमा अबदेखि छात्र र छात्राले सहशिक्षा लिन नपाउने भएका छन् ।

देशका विश्वविद्यालयहरुलाई लैंगीक आधारमा वर्गिकरण गर्ने नीति तालिवान सरकारले लिएको हो । साथै अफगानिस्तानका बिश्वबिद्यालयहरुमा पनि युनिफर्मको ब्यबस्था गरिएको छ ।

तालीवानका उच्च शिक्षा मन्त्रीमा अब्दुल बाकी हक्कानी नियुक्त भएपछी शिक्षा नितीमा ब्यापक परिवर्तन गरिएको हो । शुरुमा महिलाहरुलाई अध्ययनमा रोक लगाएका हक्कानीले पछिल्लो समय महिलाहरुलाई पनि अध्ययन अध्यापन गर्न दिने निती अवलम्बन गरेका हुन् ।

यसअघि अफगानिस्तानमा सन् १९९६ देखि २००१ को बीच तालीवानको सरकार रहँदा बालिका र महिलाहरुलाई अध्ययन अध्यापनबाट बन्चित गरिएको थियो ।

 

तपाईको प्रतिक्रिया