Online Bichar
बिहिबार, चैत्र १५, २०८० | Thursday, March 28, 2024

एजेन्सी, १७ भदौ २०७८ । संयुक्त राष्ट्रसंघले अफगानिस्तानमा छिट्टै खाद्यान्न संकट हुने चेतावनी दिएको छ ।

त्यहाँस्थित राष्ट्र संघका ह्युम्यानिटेरियन कोर्डिनेटर रामीज अलाकबारोभले मानवीय हिसाबले अफगानिस्तानको अहिलेको अवस्थो निकै त्रासपूर्ण रहेको भन्दै अबका केही दिनमा तीनमध्ये एक जनाले खान नपाउने अवस्था आउन सक्ने चेतावनी दिनुभएको छ ।

विश्व खाद्य कार्यक्रमको डिपोमा रहेको खाद्यान्न सेप्टेम्बर अन्त्यसम्ममा रित्तिने भन्दै उहाँले ३ करोड ८० लाख जनसंख्या भएको अफगानिस्तानमा एक तिहाइ मानिसले दुई छाक खान नपाउने अवस्था आउने दावी गर्नुभयो ।

 

तपाईको प्रतिक्रिया