Online Bichar
मंगलबार, बैशाख ११, २०८१ | Tuesday, April 23, 2024

एजेन्सी, १६ भदौ २०७८। भारतको उत्तर प्रदेशमा एक साताको अवधिमा ५० भन्दा बढी बालबालिकाको अज्ञात रोगबाट मृत्यु भएको छ ।

उच्च ज्वरो आउने, वाकवाकी लाग्ने, पसिना आउने, जोर्नी दुख्ने, हात र खुट्टामा दागहरु देखा पर्ने लक्षण देखिएका ५० बालबालिकाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा उत्तर प्रदेशको आगरा, मथुरा, मैनपुरी, एटाह, कासगन्ज र फिरोजाबादका बालबालिका रहेका छन् । मृत्यु भएका बालबालिकामा कोरोना संक्रमण भने नभएको पुष्टी भएको छ ।

उत्तर प्रदेश सरकारले बालबालिकामा पछिल्लो समय देखा परेको यो रोगका बारेमा अनुसन्धान भइरहेको भन्दै डेंगु र लामखुट्टेको टोकाइबाट हुने भाइरलका कारण यो रोग लागेको अनुमान गरेको छ ।

यसका लागि उत्तर प्रदेश सरकारले भारतका संक्रमण रोग बिशेषज्ञहरुको टोलीसंग छलफल जारी राखेको जनाएको छ ।

 

तपाईको प्रतिक्रिया