Online Bichar
शुक्रबार, चैत्र १६, २०८० | Friday, March 29, 2024

एजेन्सी, १४ भदौ २०७८। अमेरिकाको लुजियाना राज्यमा भारी बर्षापछी आएको इदा नामक आँधीका कारण हजारौं विस्थापित भएका छन् । प्रतिघण्टा १ सय ५० माइलको बेगले आएको आँधीले राज्यको मुख्य शहर न्यू ओर्लीन्समा विध्वंश मच्चाएको छ ।

ठाउँ ठाउँमा रुख र बिजुलीका पोलहरु ढलेकाले त्यहाँको जनजीवन अस्तब्यस्त बनेको छ । लुजियाना राज्यका ३ लाख घरपरिवारमा बिजुली आपुर्ती काटिएको छ ।

यो आँधीमा लुजियाना राज्यमा बनाईएको बाढी प्रतिरोधी योजनाको परिक्षण समेत भईरहेको छ । सन् २००५ मा आएको कट्रिना आँधीले १८ सयभन्दा बढीको ज्यान लिएपछि न्यू ओलीन्स शहरमा बाढी रोक्न विशेष संरचना बनाईएको थियो ।

यो संरचनाले अहिलेसम्म इदा आँधीले ल्याएको बाढी रोक्न सफल भएको बताईएको छ । यसैबीच अमेरिकी राष्ट्रपति जो बाइडेनले यो आँधी खतरनाक भएको जिकीर गर्दै सचेत रहन सर्वसाधारणलाई अपील गर्नुभएको छ ।

शुरुमा यो आँधी मेक्सिकोको खाडीमा जम्मा भइ बसेको र बिस्तारै लुजियाना तर्फ सरेको त्यहाँका मौसमबिदहरुले जनाएका छन् ।

 

तपाईको प्रतिक्रिया