Online Bichar
शुक्रबार, बैशाख ०७, २०८१ | Friday, April 19, 2024

एजेन्सी, १२ भदौ २०७८ । अमेरिकाले पूर्वी अफगानिस्तानमा इस्लामिक स्टेटका एक ‘योजनाकार’ विरुद्ध ड्रोन हमला गरेको दावी गरेको छ । राजधानी काबुलस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा भएको बम आक्रमण भएको दोस्रो दिन सो हमला गरिएको अमेरिकाले जनाएको छ ।

बिहीबार भएको हमलाको जिम्मा खोरसान प्रान्तको इस्लामिक स्टेट आईएसआईएस–केले जिम्मा लिएको थियो । विमानस्थलमा भएको बम आक्रमणपछि अमेरिकी राष्ट्रपति जो बाइडेनले घटनाका दोषीलाई खोजेर बदला लिने चेतावनी दिएका थिए ।

यता, काबुलस्थित अमेरिकी दूतावासले हमिद कारजाई अन्तर्राष्ट्रिय विमानस्थलमा अझै सुरक्षा खतरा रहेको बताउँदै आफ्ना नागरिकहरूलाई सुरक्षित रहन आग्रह गरेको छ । त्यस्तै, पेन्टागनले पनि विमानस्थलको खतरा अझै टरिनसकेको बताएको छ ।

 

तपाईको प्रतिक्रिया