Online Bichar
शुक्रबार, बैशाख ०७, २०८१ | Friday, April 19, 2024

एजेन्सी, ११ भदौ २०७८। अफगानिस्तानको काबुल विमानस्थलबाहिर भएका दुई श्रृंखलाबद्ध विस्फोटमा ज्यान गुमाउनेको संख्या ९० पुगेको छ ।

विमानस्थलमा खटिएका १३ अमेरिकी सैनिकसहित ९० जनाभन्दा बढीले ज्यान गुमाएका हुन् । मारिनेहरुमा २८ जना तालिवान लडाकुसमेत रहेको तालिवानले जनाएको छ ।

इस्लामिक आतंकवादी संस्था आईएसको सहयोगी संगठन आइएस खोरासानले विष्फोटको जिम्मा लिएको छ । घटनामा परेर १२० जना भन्दा बढी घाइते भएका छन् ।

अफ्गनिस्तानमा तालिवानले सत्ता कब्जा गरेपछि देश छोड्न काबुल विमानस्थल आसपास भेला भएको भिडलाई लक्षित गरी विष्फोट गराइएको थियो ।

आफ्ना थुप्रै लडाकुहरु घाइते भएको जनाएको तालिवानले घटनाको निन्दा गर्दै ३१ अगष्ट पछि अफगानिस्तानमा अमेरिकी उपस्थिति आवश्यक छैन भन्ने यो घटनाले पनि पुष्टि गरेको बताएको छ ।

यसैबीच अमेरिकी राष्ट्रपति जो बाइडेनले काबुल विमानस्थल बाहिर बम हमला गरिएपनि त्यहाँबाट अमेरिकी तथा अन्य नागरिकको उद्धार कार्य नरोकिने जनाउनुभएको छ ।

विमानस्थलमा विष्फोट भएपछि प्रतिक्रिया दिँदै बाइडेनले दोषीहरुलाई जुनसुकै ठाउँबाट खोजेर न्यायको कठघरामा उभ्याउने चेतावनी पनि दिनुभयो ।

 

तपाईको प्रतिक्रिया