Online Bichar
बिहिबार, बैशाख १३, २०८१ | Thursday, April 25, 2024

एजेन्सी, ९ भदौ २०७८। तालिबानले कब्जा गरेसँगै विश्व बैंकले अफगानिस्तानलाई दिने आर्थिक सहायता रोकेको छ ।

विश्व बैंकको निर्णयसँगै अफगानिस्तानको विकासमा तालिबानले कसरी व्यवस्थापन गर्छन् भन्ने चिन्ता बढेको बताइएको छ । अन्तर्राष्ट्रिय मुद्रा कोष आइएमएफले पनि यअसघ नै अफगानिस्तानलाई दिँदै आएको आर्थिक सहायता कटौती गरेको जनाएको छ ।

अमेरिकाले अफगानिस्तानमा रहेको केन्द्रीय बैंकको सम्पति रोक्का गरेको जनाएको छ । विश्व बैंकले अफगानिस्तानलाई दिँदै आएको सहायता बन्द गरेको जनाएको छ । सन् २००२ पछि वासिङ्टनमा आधारित वित्तीय संस्थाले अफगानिस्तानमा पुननिर्माण र विकास परियोजनाहरुलाई वर्षेनी करोडौं डलर सहयोग गर्दै आएको छ ।

विश्व बैंकले काबुलस्थित आफ्ना प्रतिनिधिलाई गत शुक्रबार नै सुरक्षित रुपमा पाकिस्तान पठाएको छ ।

 

तपाईको प्रतिक्रिया