Online Bichar
मंगलबार, फाल्गुण ०५, २०८२ | Tuesday, February 17, 2026

एजेन्सी, ७ भदौ २०७८ । तालिवानले आइतबार राती आफ्ना सयौं लडाकुहरु पञ्जशीर उपत्यका कब्जाका लागि हिडेको गएको बताएको छ। यो अझै तालिवानको नियन्त्रणमा छैन् । काबुलको उत्तरमा रहेको पञ्जशीर तालिवान प्रतिद्वन्द्वीहरुको गढ मानिएको छ ।

जसलाई अब मुजाहिदीनका पूर्व कमाण्डर अहमद शाह मसूदका छोरा अहमद मसूदले कमाण्ड गरेका छन्। अल कायदाले अहमद शाह मसूदको अमेरिकी हमला भन्दा दुई दिन अघि हत्या गरेको थियो।

तालिवानले आफ्नो ट्वीटर ह्याण्डलबाट ट्वीट गर्दै भनेको छ, ‘पञ्जशिर शान्तिपूर्ण रुपमा दिन स्थानीय अधिकारीले अस्विकार गरेपछि इस्लामिक इमिरेट्सका सयौं मुजाहिदीनहरु पञ्जशिर नियन्त्रणका लागि अघि बढेका छन् ।’

तालिवानले राजधानी काबुल कब्जा गरेपछि हजारौं मानिस पञ्जशिर तिर लागेका छन्। मसूदको नेतृत्वमा रहेको तालिबान विरोधी बलले तालिबानसँग लड्न करिब ९ हजार मानिस जम्मा गरेको दाबी गरेको छ।

एकै साथमा, मसूदले साउदी अरेबियाको मिडिया प्रसारक अल-अरेबियालाई भने कि सरकारी सुरक्षा बल अफगानिस्तानका विभिन्न ठाउँबाट भागेर पञ्जशीर पुगेका छन् ।

उनले भनेका छन्, ‘अफगानिस्तानको रक्षा गर्न हामी तयार छौं ।’

 

तपाईको प्रतिक्रिया