Online Bichar
शुक्रबार, चैत्र १६, २०८० | Friday, March 29, 2024

गौरादह, १७ कात्तिक । झापाको गौरादह नगरपालिकाका प्रमुख र उपप्रमुख पनि शिक्षक महासंघको धर्नामा सहभागि भएका छन्। स्थानीय तहबाट पूरागर्न सकिने शिक्षक महासंघका मागहरु तत्काल पूरागर्न उनीहरुले ऐकिबद्धता समेत जाहेर गरेका छन् ।
नेपाल शिक्षक महासंघले तेस्रो चरणको आन्दोलन अन्तर्गत शुक्रबार देशभरका स्थानीय तहहरुमा धर्ना र विरोध सभा आयोजना गरेको थियो ।

नेपाल शिक्षक महासंघ गौरादह नगर कार्य समितिले नगरपालिका कार्यालयमा शिक्षकहरुलाई मासिका तलवको व्यवस्था हुनुपर्ने सहित नेपाल शिक्षक शिक्षक महासंघ राष्ट्रिय समितिले उठाएका ३२ वटा माग सहित गौरादह नगरपालिकामा विरोधका साथै धर्ना दिएको छ ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

नेपाल शिक्षक महासंघ शिक्षक सेवा आयोगलाई संवैधानिक बनाउनुपर्ने, विद्यालय तहको शिक्षा संघ, प्रदेश र स्थानीय तहको साझा अधिकार सुचिमा राख्नुपर्ने, प्रदेश र स्थानीय तहले संघीय शिक्षा ऐन अनुसार नै शिक्षा ऐन बनाउनुपर्ने माग राखेर आन्दोलनमा छन् ।

यसैगरी, शिक्षक काउन्सिलको व्यवस्था गर्नुपर्ने, शिक्षक कर्मचारीसँग भएका विगतका सम्झौता कार्यान्वयन हुनुपर्ने, शिक्षक अस्पतालको व्यवस्था गर्नुपर्ने, समयसापेष तलववृद्धि हुनुपर्ने, प्राविधिक धारतर्फ कार्यरत शिक्षकको दरवन्दी सिर्जना गरी सेवा, शर्त रसुविधाको सुनिश्चितता हुनुपर्ने महासंघको माग रहेको छ ।

नेपाल शिक्षक महासंघले शिक्षकका पेशागत हकहित सम्वन्धी ६ वटा र शिक्षण कार्यमा शैक्षिक अवस्था सुधारमा २६ वटा माग सहित धर्ना दिएको हो । शिक्षक महासंघले यस अघी पहिलो र दोश्रो चरणका प्रचारात्मक रुपमा मागहरुलाई पुरा गरी तेश्रो चरणको आन्दोलनमा शिक्षकहरु उत्रिएको शिक्षक महासंघले जनाएको छ ।

गौरादह नगरपालिकाको प्राङ्गणमा भएको धर्ना तथा विरोध कार्यक्रममा अधिकांश वत्ताहरुले शिक्षकहरुलाई राज्यले विभेद गरेको बताए । समान तहमा काम गर्ने शिक्षकलाई स्थायी, अस्थायी, राहात, करार, लियन तथा वालविकास लगायतको दर्जा दिई विभेद गरेको बताए । समान तहमा काम गर्ने शिक्षकहरुलाई एउटै क्याटागोरीमा राखी राज्यले दिने सेवा सुविधा एउटै हुनुपर्ने धारणा राखे ।

विद्यालयमा काम गर्ने कर्मचारी र वालविकास शिक्षकहरुको पारिश्रमीक अत्यन्तै न्युन रहेकाले राज्यले यस प्रति विचार पु¥याउनु पर्ने बताएका छन् । कार्यक्रम प्रमुख अतिथी नेपाल शिक्षक महासंघ झापा जिल्ला अध्यक्ष बुद्धिमान कार्कीले नेपाल शिक्षक महासंघले मुलुक भित्र रहेका सबै सामुदायिक विद्यालयका शिक्षक, बालशिक्षक र कर्मचारीहरुको मागलाई सम्बोधन गर्दै चरणबद्ध रुपमा आन्दोलन गर्दै आएकाले सबै शिक्षक तथा कर्मचारीहरुलाई सहयोग गर्न आग्रह गरेका छन् ।

नेपाल शिक्षक महासंघ गौरादह नगरकार्य समिति अध्यक्ष बावुराम भण्डारीको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो । त्यस अवसरमा नेपाल शिक्षक महासंघ नगर उपाध्यक्ष विष्णु लुइटेलले कार्यक्रमको औचित्य माथी प्रकास पारेका थिए । महासंघ नगर सदस्य गोपिनाथ धमलाले शिक्षक महासंघले तयार पारेको मागपत्र वाचन गरेका थिए ।

नेपाल शिक्षक महासंघ महिला उपाध्यक्ष गंगा कार्की, प्रधानाध्यापक राम बहादुर ढुंगाना, नेपाल शिक्षक संघ गौरादह नगर अध्यक्ष रत्न बहादुर कटुवाल, कर्मचारी खेम कोइराला, वालविकास शिक्षक पवित्रा शिवा, राहात शिक्षक तोर्ण बहादुर तुम्बा, अस्थायी शिक्षक टिका प्रसाईं लगायतले मन्तव्य राखेका थिए ।

विरोध सभामा नगरप्रमुख र उप-प्रमुख
गौरादह नगरपालिकाको कार्यालयमा शिक्षक महासंघले आयोजना गरेको विरोध सभामा नगरप्रमुख र उपप्रमुखको उपस्थिती रहेको थियो । नगरपालिकामा शिक्षकहरुले गरेको विरोध र धर्ना कार्यक्रममा नगरप्रमुख र उपप्रमुखको उपस्थितीले सहमतिय आन्दोलन जस्तो देखिन्थ्यो ।

शिक्षक महासंघले तयार पारेको ३२ बुँदे मागपत्र शिक्षक गोपिनाथ धमलाले वाचन गरेपछी जील्ला अध्यक्ष बुद्धिमान कार्कीले नगरप्रमुख रोहित कुमार साहलाई हस्तान्तरण गरेका थिए ।

ज्ञापनपत्र बुभ्mदै नगरप्रमुख साहले नगरपालिकाले पुरा गर्न सक्ने शिक्षकहरुका जायज मागहरु पुरा गर्ने वताए । शिक्षक महासंघले उठाएका ३२ बुँदे मागमा केही मागहरु संघिय सरकार र केही मागहरु प्रदेश सरकार संग सम्बन्धित रहेकाले नगरपालिकाको तर्पmबाट सम्बन्धित निकायमा पहल गर्ने बताए ।

बिद्यालयको शैक्षिक र भौतिक अवस्था सुधार गर्न नगरपालिकाले यस वर्ष ७० लाख रकम विनियोजित गरेको जानकारी गराए । बिद्यालयमा आवस्यक पर्ने कम्प्युटरको व्यवस्था, भौतिक व्यवस्थापन, शिक्षक तालिम र दिवा खाजाको व्यवस्था नगरपालिकाको तर्पmबाट गरिने पनि जानकारी गराए । अन्य कामको लागी वडा कार्यालयमा बजेट विनियोजित गरिएकाले वडा कार्यालय बाट पनि शैक्षिक क्षेत्रमा सहयोग पुग्ने बताए ।

तपाईको प्रतिक्रिया