Online Bichar
बिहिबार, मंसिर ११, २०८३ | Thursday, November 26, 2026

अन्तर्राष्ट्रिय, ३२ साउन २०७८

अमेरिकाले अफगानिस्तान युद्धमा अर्को लज्जाजनक पराजय भोगेको छ । अमेरिकाले छाडेको डेढ महिना पनि नवित्दै अफगानिस्तानमा तालिबानले विजय हाँसिल गरेको छ । तालिबान लडाकुले राजधानी काबुल कब्जा गरेसँगै अफगानिस्तान तालिबानको नियन्त्रणमा गएको हो ।

अफगानिस्तानका राष्ट्रपति अश्रफ घानी देश छोडेर भागेका छन् । उनले छिमेकी देश उज्वेकिस्तानमा शरण लिएको खबरहरुमा उल्लेख छ । राष्ट्रपति भागसँगै तालिबान लडाकुहरु राष्ट्रपति कार्यालयमा प्रवेश गरेर आफ्नो विजय घोषणा गरेका हुन् ।

तालिबानका प्रवक्ताले ‘शान्ति पूर्ण रुपमा शक्तिको हस्तान्तरण’ हुनु पर्ने बताएका छन् । उनले काबुलका नागरिक सुरक्षित रहेको दाबी पनि गरेका छन् ।

तर काबुल विमानस्थलमा भिडभाड अत्यधिक मात्रामा देखिएको छ । विदेशी, अफगान अधिकारी र अरु नागरिकहरु देश छोड्ने चाहनामा त्यहाँ पुगेका देखिएका छन् । सबै व्यवसायिक उडानहरु रद्द गरिएका छन् ।

अमेरिका, क्यानडा, बेलायत, जर्मनीसहितले आफ्ना नागरिकको उद्धारका लागि सैनिक विमानको प्रयोग गरेका छन् । तर आफूहरुको सैन्य अभियानको क्रममा सहयोग गरेका अफगानहरुको उद्धारलाई भने उनीहरुले आँखा चिम्लिएका छन् ।

तालिबानको कब्जामा देश गएसँगै महिलाहरुको अवस्थालाई लिएर चासो र चिन्ता व्यक्त भएको छ । केही क्षेत्रमा तालिबानले महिलाहरुलाई बुर्खा लगाउन बाध्य पारेको खबर आइरहेका छन् ।

अति तीव्र गतिमा तालिबानले अफगानिस्तानमा आफ्नो नियन्त्रण कायम गर्न सफल भएको हो । मात्रै १० दिनको अन्तरालमा उनीहरुले देशका सबै प्रमुख शहरमा कब्जा जमाएका हुन् ।

अमेरिकाले सहयोग तथा तालिम प्रदान गरेको अफगान आर्मी तालिबान लडाकु समक्ष निरिह देखिएको हो । अमेरिकी राष्ट्रपति जोन बाइडेनले केही हप्ता पहिले मात्रै तालिबानले अफगानिस्तानमा पूर्ण नियन्त्रण चाँडै कायम गर्न नसक्ने बताएका थिए ।

यस्तै अमेरिकी गुप्तचर निकायले पनि काबुलमा नियन्त्रण कायम गर्ने प्रयासका लागि नै कम्तीमा तीन महिना लाग्ने बताएको थियो । तर तालिबानले निकै छिटो आफ्नो प्रभाव कायम गरेका हुन् ।

सन् २००१ देखि सन्यै अभियान जारी गरेको अमेरिकाले २० वर्षमा अफगान आर्मीमा गरेको लगानीका आधारमा गरेको क्षमताको विश्लेषण गलत भएको विदेश मन्त्री एन्थोनी ब्लिंकेनले बताएका छन् ।

अमेरिकाको नेतृत्वमा अफगानिस्तानमा जारी रहेको नेटो सैन्य अभियान अन्त्य गर्ने घोषणासँगै तालिबानले नियन्त्रण कायम गर्ने क्रम सुरु गरेको थियो ।

सन् २००१ मा सत्ताबाट हटाइएको तालिबान फेरि शक्तिमा आउने भएको छ । उसले आफूले पूर्ण अधिकारसहितको सत्ता पाउनु पर्ने बताएको छ ।

तालिबान शक्तिमा आउने भएसँगै पछिल्लो २० वर्षमा महिला तथा मानवअधिकारको पक्षमा भएको प्रगति गुम्ने जोखिम रहेको भन्दै चिन्ता व्यक्त गरिएको छ ।

भागे कठपुतली राष्ट्रपति 
तालिबान फौज राजधानी काबुल प्रवेश गरेपछि अमेरिकी कठपुतली भनेर चिनिएका अफगानी राष्ट्रपति असरफ घानीले देश छाडेका छन्।

उनले आफ्नो कोर टिमसहित अफगानिस्तान छाडेका हुन्। उनी अफगानिस्तानबाट भागेर ताजिकिस्तान पुगेको सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन्।

यसअघि उनले शान्तिपूर्ण तरिकाले सत्ता हस्तान्तरण गर्न तयार रहेको जानकारी दिएका थिए।

तालिवान समूहले राजधानी काबुलमा समेत नियन्त्रण जमाउन थालेपछि राष्ट्रपति घानी सत्ता हस्तान्तरणका लागि तयार भएका थिए।

तालिवान प्रतिनिधिसँगको भेटपछि घानी तालिवानीलाई सत्ता सुम्पन राजी भएका थिए। यद्यपि नेटोलगायत अमेरिकी सैन्य अधिकारीहरुसँगको छलफलपछि घानीले देश छाडेका हुन्।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments