Online Bichar
बिहिबार, बैशाख ०६, २०८१ | Thursday, April 18, 2024

काठमाडौं, १९ साउन २०७८। भारतमा गएको चौबीस घण्टामा ३० हजार ५४९ जना नयाँ सङ्क्रमितको पुष्टि भएको छ । थपिएका सङ्क्रमितसँगै भारतमा कोरोनाका कुल सङ्क्रमित तीन करोड १७ लाख २६ हजार ५०७ पुगेको छ । गएको चौबीस घण्टामा प्रति एक सय जनाको नमुना परीक्षण गर्दा १.८५ को रिपोर्ट पोजेटिभ आएको छ । सोमबार चौबीस घण्टामा ४० हजारभन्दा बढी सङ्क्रमित थपिएका थिए ।

भारतीय सञ्चारमाध्यमहरुका अनुसार गएको चौबीस घण्टामा ३८ हजार ८८७ जना सङ्क्रमित कोरोनामुक्त भएका छन् । हालसम्म तीन करोड आठ लाख ९६ हजार ३५४ जना सङ्क्रमित निको भएका छन् । गएको चौबीस घण्टामा ४२२ जना सङ्क्रमितको मृत्यु भएको छ । हालसम्म कोरोना सङ्क्रमणबाट भारतमा चार लाख २५ हजार १९५ जनाले ज्यान गुमाएका छन् ।
भारतमा हालसम्म ४७ करोड ८५ लाख ४४ हजार ११४ डोज खोप लगाइएको छ । गएको चौबीस घण्टामा ६१ लाख नौ हजार ५८७ डोज खोप लगाइएको छ ।

 

तपाईको प्रतिक्रिया