Online Bichar
शुक्रबार, बैशाख ०७, २०८१ | Friday, April 19, 2024

काठमाडौं, १९ साउन २०७८। दक्षिण कोरियामा कोरोनाभाइरसका एक हजार २०२ सङ्क्रमित थपिएका छन् । सोमबार चौबीस घण्टामा एक हजार २१८ जना सङ्क्रमितको पुष्टि भएको थियो । सोमबारको अपेक्षा नयाँ थपिने सङ्क्रमित घटे पनि लगातार २८ औं दिन एक हजारभन्दा बढी सङ्क्रमित पुष्टि भएको हो ।

एएनआईका अनुसार चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै दक्षिण कोरियामा कोरोनाका कुल सङ्क्रमित दुई लाख दुई हजार २०३ पुगेको छ । नयाँ पुष्टि हुने सङ्क्रमितमध्ये बढी राजधानी सोल र ग्वाङ्जी वरिपरिका छन् । सोलमा ३०७ र ग्वाङजीमा ३४४ जना थपिएका छन् ।
राजधानी र वरिपरिका क्षेत्रबाहिर ४५५ जना नयाँ सङ्क्रमितको पुष्टि भएको छ । नयाँ थपिएका सङ्क्रमितमध्ये ५५ जना विदेशबाट आएकामा पुष्टि भएको छ । गएको चौबीस घण्टामा पाँच जना सङ्क्रमितको मृत्यु भएको छ । दक्षिण कोरियामा कोरोना सङ्क्रमणबाट हालसम्म दुई हजार १०४ जनाले ज्यान गुमाएका छन् ।

 

तपाईको प्रतिक्रिया