Online Bichar
बुधबार, बैशाख १२, २०८१ | Wednesday, April 24, 2024

१९ साउन २०७८ । चीनको वुहान शहरका प्रत्येक नागरिकको कोरोना परीक्षण गरिने भएको छ । कोरोनाभाइरसका केही सङ्क्रमित थपिएपछि वुहान शहरभरि परीक्षण गर्न लागिएको हो ।

वुहान शहरमा मङ्गलबार ९० जना नयाँ सङ्क्रमित पुष्टि भएका छन् । राष्ट्रिय स्वास्थ्य आयोगले ९० जनामध्ये ६१ जना समुदाय स्तरमै सङ्क्रमित भएका हुन । अघिल्लो दिन ५५ जना सङ्क्रमित भएका थिए ।

वुहानमा गएको एक वर्षमा पहिलो पटक स्थानीय स्तरमा सङ्क्रमित फेला परेका हुन । करिब एक करोड १० लाख जनसंख्या रहेको वुहानमा सन् २०१९ को उत्तराद्र्धमा कोरोनाभाइरसको उद्गम स्थल रहेको पाइएपछि विश्वभरि चर्चामा आएको थियो । गएको दश दिनमा चीनमा तीन सय जना सङ्क्रमित पुष्टि भएको छ । चीनको १५ प्रान्तमा नयाँ सङ्क्रमित फेला परेका हुन ।

तपाईको प्रतिक्रिया