Online Bichar
बिहिबार, मंसिर ११, २०८३ | Thursday, November 26, 2026

७ साउन २०७८ । उत्तर अफ्रिकी देश लिबियाबाट युरोप जान हिडेका आप्राबासी चढेको डुंगा दुर्घटना हुँदा २० जना बेपत्ता भएका छन् ।

लिबियाको तटीय क्षेत्रबाट अवैध रुपमा युरोप प्रवेश गर्न खोजेका ७ वटा डुंगालाई भुमध्य सागरमा रोक्न खोज्दा सो दुर्घटना भएको हो । दुर्घटना पर बेपत्ता भएकाको खोजी कार्य भइरहेको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएको छन् ।

लिबियाबाट रातको समयमा सात वटा डुंगामा पाँच सय आप्राबासी अवैध मार्गबाट युरोप जान लागेका थिए । डुंगामा सवार ४३ महिलासहित पाँच सय जनालाई नियन्त्रणमा लिई अनुसन्धान थालिएको छ ।

लिबियाबाट समुद्री मार्ग हुँदै हरेक वर्ष हजारौ आप्रावासी अबैध रुपमा युरोप प्रवेश गर्ने गरेका छन् ।एजेन्सी

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments