Online Bichar
बुधबार, बैशाख १२, २०८१ | Wednesday, April 24, 2024

 काँकरभिट्टा १६ कत्तिक । नेपालमा पर्यटकीय चहलपहल शुरु भएपनि पूर्वी नाकाबाट भित्रिने पर्यटकको संख्या खासै उकालो लाग्न सकेको छैन् । पर्यटन व्यवसायीका अनुसार अहिले पर्यटकहरुका लागि नेपाल घुम्न आउने मुख्य सिजन हो । तर, पैदलमार्ग भएर काँकरभिट्टा नाका हुँदै नेपाल भित्रिने पर्यटकको संख्या निक्कै कम छ । पर्यटकको संख्या कम भएपनि राजस्वमा भने उल्लेखनिय बृद्धि भएको छ ।

अध्यगमन कार्यालय काँकरभिट्टाका अनुसार सन् २०१८ को जनवरीदेखि अक्टुवर महिनासम्म यो नाका भएर विभिन्न देशका ५ हजार ४ सय ४ जना पर्यटक नेपाल प्रवेश गरेका छन् । त्यो संख्या अघिल्लो वर्ष सन् २०१७ को अक्टुवर महिनासम्मको तुलनामा ७ सय ३८ जनाले कमि हो । सन् २०१७ को जनवरीदेखि अक्टुवर महिनासम्म यो नाका भएर ६ हजार १ सय ४२ जना विदेशी नेपाल प्रवेश गरेको तथ्याङ्क कार्यालयसँग छ ।

सन् २०१७ को अक्टुवरमहिनामा ५ हजार ४ सय १० जना तथा सन् २०१८ को अक्टुवरमहिनासम्म ५ हजार १ सय २६ जना आन्तरिक तथा बाह्य पर्यटक यो नाका भएर बाहिरिएका छन् । शुरु शुरुमा नेपाल प्रवेश गर्ने पर्यटकहरुले सोझै दुतावासबाट भिसा लिने गरेका भएपनि पछिल्लो समय सम्बन्धित कार्यालयबाटै लिने गरेका कारण कार्यालयको राजस्व असुलीमा भने निक्कै प्रगति भएको छ । कार्यालयले दिएको जानकारी अनुसार अध्यगमनले तीन प्रकारका भिसा जारी गर्ने गरेको छ ।

कार्यालयले १५ दिनका लागि भिसा जारी गरे वापत युएसए २५ डलर ३० दिनका लागि ४० डलर र ९० दिनका लागि एकसय डलर लिने गरेको जनाएको छ । कार्यालय प्रमुख पवनकुमार गुप्ताका अनुसार कार्यालयले नेपाल घुम्न आउने विदेशीलाई आगमन अनुमती पत्र ९भिसा० जारी गरे वापत चालु आर्थिक वर्ष २०७५÷ ०७६ को साउनदेखि असोज तीनमहिनामा १९ लाख ७९ हजार ४ सय ७० रुपैयाँ राजस्व संकलन गरेको छ ।

जुन रकम अघिल्लो वर्षको तुलनामा ६ लाख ११ हजार १ सय ७१ रुपैयाँले बृद्धि भएको छ । आर्थिकवर्ष २०७४÷०७५ को सोहि अवधिमा कार्यालयले १३ लाख ६८ हजार २ सय ९९ रुपैयाँ संकलन गरेको थियो । थोरै समय नेपालमै विताउने भएपनि विदेशीले काठमाडौं, पोखरा, लुम्बिनी, चितवन गोर्खा, मनकानमालगायतका धार्मिक एवम् पर्यटकीयस्थल घुम्न मन पराउने नेपाली ट्राभल व्यवसायीको भनाइ छ ।

डेनमार्क, चीन, फ्रान्स, युके, दक्षिण कोरिया, स्पेन, मलेसिया, जर्मनी, इटाली, स्वीडेन, अष्ट्रेलिया, जापान, नेदरल्याण्ड, श्रीलंका, नर्वे, पाकिस्तान, सिंगापुर, थाइल्याण्ड, वेल्जियमलगायतका मुलकबाट नेपाल घुम्न हरेक वर्ष पर्यटक आउने गर्दछन् । अध्यगमन कार्यालयसँग सन् २०१७ मा ११ हजार ४ सय ९७ र सन् २०१६ मा १० हजार ६ सय २ जना विदेशी पर्यटक नेपाल घुम्न आएको तथ्याङ सुरक्षित छ ।

२०१७ मा १० हजार ३ सय ३६ तथा २०१६ मा ९ हजार ८ सय ४२ पर्यटक बारिहरिएका थिए । कार्यालयले अफगानिस्तान, इराक, घाना, जिम्बाबे, नाइजेरिया, लाइबेरिया, इथोपिया, क्याम्ब्रन, सोमालिया, प्लेस्टाइन, स्वीजेरल्याण्डलगायत ११ मुलुकका पर्यटकलाई भने नेपाल सरकारले भिसामा रोक लगाएको जनाएको छ ।

तपाईको प्रतिक्रिया