Online Bichar
शुक्रबार, चैत्र १६, २०८० | Friday, March 29, 2024

गौरीगंज १६, कार्तिक । झापाको गौरीगंज गाउँपालिका वार्ड नं २ कोरोवारीका एक व्यतिको आज विहान हत्या भएको छ ।गा‌रीगंज गाउँपालिका वार्ड नं २ कोरोबारी बस्ने वर्ष ५५ को अलकचन राजवंशीको हत्या भएको ईलाका प्रहरी कार्यालय गौरीगंजका प्रहरी निरीक्षक टेकेन्द्र पौडेलले जानकारी दिए ।
राजवंशी ५ दिन अघि सोमबारदेखि वेपत्ता भएका थिए ।
उनलाई नेपाल भारत सीमा छेउ कन्काई खोला नजिक काशघारीमा करिब ५०० सय मिटर भित्र भारततर्फ जमिन मुनि गाडिएको अवस्था फेला परेको हो ।

भारतकोे किसनगंज जिल्ला खरखरिया बस्ने दिना नामका व्यत्तिले केहीदिन अघि टुनामुना झारफुक जोखानाका लागि उनलाई बोलाएर लगिएको उनका छोरा उदयलाल राजवंशीले जानकारी दिए ।

सोमबार देखि उनी वेपत्ता भएपछि निजका छोरा उदयलालले सोधखोजका लागि छरछिमेक, साथीभाई, आफन्तहरूलाई आग्रह गरेका थिए । मृतक राजवंशी गाउँ घरमा झारफुक गर्ने, जोखाना हेर्ने कार्य गर्दै आएका थिए ।

तपाईको प्रतिक्रिया