Online Bichar
शनिबार, बैशाख ०८, २०८१ | Saturday, April 20, 2024

२६ असार २०७८ । विश्वमा प्रत्येक मिनेटमा ११ जना मानिसको भोकका कारण मृत्यु हुने गरेको गरीबी निवारणका लागि काम गर्ने संगठन अक्सफामले जनाएको छ ।

अक्सफामले हालै सार्वजनिक एक अध्ययनले गत वर्षको तुलनामा विश्वभरि अनिकालको अवस्थाको सामना गर्ने व्यक्तिको सङ्ख्या छ गुणा बढेको देखाएको छ । भाइरसका कारण भोकमरीमा वृद्धि शीर्षकमा हिजो सार्वजनिक भएको सो अध्ययन प्रतिवेदनमा खाद्यान्न अभावका कारण हुने मृत्यु दर कोभिडका कारण थपिएको जनाइएको छ ।

कोभिडका कारण प्रति मिनेट सात जनाले खाद्यान्न अभावको गम्भीर संकट व्यहोर्दै मृत्युवरण गर्नुपरेको पाइएको छ । विश्वभर १५ करोड ५० लाख मानिस यतिबेला खाद्यान्न सङ्कटको ठूलो असुरक्षा बीच बाँचिरहेका छन् । यो संख्या गत वर्षभन्दा करिब दुई करोड बढी हो ।

 

तपाईको प्रतिक्रिया