Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

२५ असार २०७८। बंगलादेशको खाद्य प्रशोधन कारखानामा आगलागी हुँदा ५२ जनाको मृत्यु भएको छ ।

३० जना घाइते भएका छन् । शुक्रबार दिउँसो भएको आगलागीमा परे केही मजदुर हराइरहेको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

कारखानमा काम भइरहेको समयमा आगलागी भएका कारण भागदौड मच्चिएको थियो ।

केही मजदुर हाम फालेका थिए । जसका कारण घटनामा मृत्यु हुने तथा घाइतेको सङख्या बढी भएको हुन सक्ने आशंका गरिएको छ ।

के कारण आगलागी भएको हो भन्ने अहिलेसम्म पुष्टि भएको छैन् ।एजेन्सी

 

तपाईको प्रतिक्रिया