Online Bichar
शुक्रबार, चैत्र १६, २०८० | Friday, March 29, 2024

२३ असार २०७८ । अफ्रिकी राष्ट्र हाइटीका राष्ट्रपति जोभोनेल मोइजको बुधबार बिहानै हत्या गरिएको छ । हाइटीको सरकारले राष्ट्रपति मोइजको हत्या भएको पुष्टि गरेको हो ।

हाइटीका अन्तरिम प्रधानमन्त्री क्लाउडे जोसेपलाई उधृत गर्दै बीबीसीले राष्ट्रपति मोइजको राजधानी पोर्ट ओ प्रिन्सस्थित निजी निवासमै बुधबार बिहान १ बजे हत्या गरिएको जनाएको छ ।

प्रधानमन्त्रीले एक विज्ञप्ति निकाली हत्याको पुष्टि गरे पनि कसले हत्या गरेको भन्ने खुलाइएको छैन ।

आक्रमणकारीहरुले स्पेनिस भाषा बोलेको भने बताइएको छ । बन्दुकको गोली लागि फर्स्ट लेडी पनि घाइते भएको पनि उल्लेख छ ।

प्रधानमन्त्री जोसेपले राष्ट्रपतिको हत्यालाई ‘बदमाश, अमानवीय, र बर्बर’ आक्रमण भनेका छन् । सन् २०१७ मा सत्तामा आएका मोइजको राजीनामा माग्दै यसै वर्षको शुरुमा ठूला प्रदर्शनहरु गरिएका थिए ।एजेन्सी

 

तपाईको प्रतिक्रिया