Online Bichar
शनिबार, बैशाख ०८, २०८१ | Saturday, April 20, 2024

१७ असार २०७८। अष्ट्रेलियाले आजबाट आफ्नो भिसा नीति केही फेरबेदल गरेको छ । कोरोना महामारीका कारण सन् २०२० को मार्चदेखि ठप्प आप्रवासी सम्बन्धी कार्यक्रमलाई नयाँ आर्थिक वर्षमा पुनर्जागरण गरी आर्थिक समृद्धीको बाटोमा अगाडि बढने नीति अनुसार भिसा नितीमा परिवर्तन गरेको हो ।

सोही अनुसार भिसा नीतिमा भएका परिवर्तन लागूसमेत भइसकेका छन् भने केही बाँकी परिमार्जनहरू आउँदा दिनमा लागू हुने भएका छन् ।

सरकारले घोषणा गरेको नयाँ नीति अनुसार हाल अस्ट्रेलियामा रहेका अस्थायी भिसाबाहक जो पर्यटन र कृषि क्षेत्रमा कार्यरत छन् उनीहरूले आफ्नो बसाइँ लम्ब्याउन सक्ने भएका छन ।

यस्तै डिसेबिलिटी, एज केयर, मेडिकल, कृषि, पर्यटन र हस्पिट्यालिटी उद्योगहरूमा काम गर्दै आएका अन्तर्राष्ट्रिय विद्यार्थीले पाक्षिक रूपमा ४० घण्टा भन्दा बढी रोजगारी गर्न पाउनेभएका छन् ।

यसैगरी विद्यार्थी र वर्किङ होलिडे भिसामा आउने लाखौं व्यक्तीको अभाव परिपुर्ति गर्न अष्ट्रेलियन सरकारले नयाँ भिसा नीति लागू गरेको हो । यद्यपी अस्ट्रेलियन सरकार सन् २०२१र२२ को आप्रवास कार्यक्रम १ लाख ६० हजारमा सीमित गर्ने आफ्नो योजनामा अडिग छ ।

जसमा अघिल्लो वर्ष २०२०र२१ का दक्ष कामदारको निम्ति छुट्ट्याइएको ७९ हजार ६ सयलाई समावेश गरिएको छ ।

कृषिमा कामदार अभाव र यसको प्रत्यक्ष प्रभावका कारण कृषि भिसालाई बढावा दिइएको छ ।

जसमा यसपटक थाइल्यान्ड, क्याम्बोडिया, बु्रनाई, बर्मा, फिलिपिन्स, मलेसिया, लाओस्, भियतनाम, सिङ्गापुर र इन्डोनेसियाका कामदारले कृषि कामदार भिसा पाउनेछन ।एजेन्सी

 

तपाईको प्रतिक्रिया