Online Bichar
शुक्रबार, चैत्र १६, २०८० | Friday, March 29, 2024

“सुधारिएको गल्ती बिलाएर जान्छ, नसुधारिएको गल्ती कुहिएर जान्छ ।” – लेनिन

डण्डिराज(बिबेक) घिमिरे , १६ असार २०७८
झापाको गौरादह नगरपालिका स्थायी घर भएका दर्जनौं प्रतिभाहरु राष्ट्रिय स्तरमा महत्वपूर्ण भूमिका र जिम्मेवारीमा हुनुहुन्छ । वहाँहरु गौरादहको आदर्श पहिचान, परिचय र गौरव हो ।

बिभिन्न विद्या र क्षेत्रमा अब्बल क्षामता राख्ने राष्ट्रिय स्तरका सफल प्रतिभाहरु, राजनीतिक नेता तथा राजनीतिक नियुक्ति र जिम्मेवारी पाएका थुप्रै गौरादहका छोरा छोरीहरु अहिले राजधानी केन्द्रित भएर राष्ट्र राष्ट्रियताको खातिर अग्रभागमा कृयाशिल हुनुहुन्छ । कतिपए राष्ट्रिय प्रतिभाहरुले जिम्मेवारी सफलतापूर्वक पूरा गरेर अवकास प्राप्त जीवनमा हुनहुन्छ ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

पूर्व मन्त्री युवराज कार्की, पूव मन्त्री तथा महान्यायधिवक्ता अग्नी खरेल, पूर्व मन्त्री युवराज खतिवडा, पूर्व मन्त्री शिवमाया तुम्बाहाम्फे, त्रिविका उपकुलपति धर्मकान्त बाँस्कोटा, पूर्व सचिव तथा लोकसेवा आयोगका अध्यक्ष माधव रेग्मी, पत्रकार महासंघका पूर्व सभापति शिव गाउले, नेपाल स्वास्थ्य अनुसन्धान परिषदका अध्यक्ष तथा स्त्रीरोग विशेषज्ञ प्रा.डा.गेहेनाथ बराल, इन्जिनियर तथा प्रधानमन्त्रीको विकास बिज्ञ कार्यदलका पूर्व सदस्य घनश्याम भट्टराई, नेपाल टेलिकमका पूर्व निर्देशक खड्ग बस्नेत, सिस्नुपानी नेपालका अध्यक्ष तथा सहित्यकार लक्ष्मण गाम्नाङे, कानुनबिद अधिवक्ता टिकाराम भट्टराई, साहित्यकार सिता पाण्डे, हास्य कलाकार तथा अभियान्ता सिताराम कट्टेल, पत्रकार टिकाराम यात्री, गाएक सिताराम ताजपुरीया लगाएतका (नाम उल्लेख गर्न बाँकी समेत)दर्जनौं प्रतिभाहरु प्रति गौरादह गौरव गर्दछ ।
बिडम्बना ! गौरादह नगरपालिका भने यतिबेला नगर हाँक्ने दुरदर्शी, जवाफदेही र जन–उत्तरदायी नेतृत्वको खोजिमा आतुर छ । केही गर्नुपर्दछ भन्ने उत्साह, निर्णय क्षमता, जवाफदेयिता, इच्छाशक्ति, आत्मविश्वास, सच्चरित्रता, सही र गलत छुट्याउन सक्ने खुवी, विषयबस्तुको राम्रो ज्ञान, स्वत्याग, निश्पक्षता, धैर्यता जस्ता गुण भएका जनप्रतिनिधिहरु गौरादहले कहिले प्रप्त गर्ला ?

के त्यसो हो भने गौरादहको नेतृत्व गर्न सक्षम प्रतिभाहरु गौरादहमा हुनुहुन्न त ? जरुर हुनुहुन्छ किनकी निर्बिकल्प भन्ने केही पनि र कोही पनि हुँदैन । अमुर्त नेता उपाधीले मात्र नभएर गौरादहको चेतनालाई समय सापेक्ष नेतृत्व गर्नसक्ने नेता वा जनप्रतिनिधि गौरादहले चाहेको छ ।
“नेतृत्व कार्य हो पद हाइन ।” डोनाल्ड एथको यो भनाइलाई आत्मसाथ गर्नसके मात्र पनि नेताहरु जनप्रिय हुनेथिए । तर नेतृत्व भनेको पद, पैसा र प्रतिष्ठा हो भन्ने बिकृत प्रयोगको कारण जनतामा निरासा छाएको छ ।

नेता सेवक हो मालिक होइन तर नेतृत्वलाई कार्यको रुपमा नभई पद र प्रतिष्ठाको रुपमा लिने बहुसंख्यक जनप्रतिनिधिहरुको कारण गौरादह नपाका निर्णयहरु अपेक्षाकृत प्रगतिशिल बन्न सकिरहेका छैनन् । गौरादहको चेतना स्तर संगसंगै हिंड्न नसक्ने नेतृत्वको कारण यहाँका एक पछि अर्को निर्णयहरु बिबादित बन्नेगरेका हुन् ।

गान्धीको भनाइ छ “आफूले नदिएसम्म कसैले आफ्नो आत्मसम्मान खोस्न सक्दैन ।” जनप्रतिनिधिहरुमा सेवाभाव सहितको उच्च मनोवल र आत्मसम्मान हुनु अपरिहार्य छ । जनप्रतिनिधि नेताले आफ्नो आत्मसम्मानको रक्षा र विकास आफै गर्न नसक्ने हो भने नगरवासी जनताको स्वाभिमान र आत्मसम्मान उच्च राख्न कसरी सम्भव होला ?

गौरादह नगरपालिकाका केही प्रतिनिधि घटनाहरु स्मरण गरौं जस्तै : जनप्रतिनिधिको कारण कर्मचारी र सेवाग्राही नागरिक बीचमा लामो समय बिबाद हुनु । नगरपालिकाको कार्यलयमा उपभोक्ता समितिका अध्यक्षको मृत्यु प्रकरणलाई उचित समयमा संवोधन नगर्नु, चालु खर्चमा दमक तथा बिर्तामोडको भन्दा बढी र अपत्यारिलो बजेट बिनियोजन गरेर बदनाम हुनु, बेरुजुमा झापाका १५ वटा पालिका मध्ये सबैभन्दा बढी बेरुजु भएको कारण बिबादित हुनु, राहत सामग्री खरिद वितरण र भण्डारको लापरवाहीको कारण पाँचहजार केजीभन्दा बढी चामल कुहिनु , राहतको चामल चुपचुपमा गाड्नु, प्रकोप ब्यवस्थापन कोषमा जम्मा भएको नगद जिन्सीको आयब्यय सार्बजनिक गर्न नसक्नु लगाएतका दर्जनौं घटनाले हाम्रो गौरादह पटकपटक बदनाम भैरहेको छ । यस्ता घटनाहरुले नगरवासीको आत्मसम्मान र स्वाभिमानमा निश्चय नै चोट पुगेको पुगेको छ ।

उल्लेखित घटनाहरुले ठूलोरुप लिनुको प्रमुख कारण हो जनताबाट उठेका प्रश्नको उपयुक्त समयमा जवाफ नदिनु अथवा जवाफदेयीताको अभाव । स्थानीय सरकारका निर्णयहरुको अपनत्व नगरवासीले गर्न पाउनुपर्दछ तर गौरादहमा ठीक उल्टो छ । जनप्रतिनिधिहरु कानुन, कार्यविधि बनाउछन् राजपत्रमा प्रकाशित पनि गर्छन तर कायन्वयन गर्दैनन् । कार्यन्वयनलाई समेत ध्यानमा राखेर कानुनहरु निर्माण गर्न सरोकारवाला पक्षहरु तथा विषयबज्ञहरुको राय सल्लाह र सुझाव लिएर गर्नुपर्ने हो तर चामल गुपचुपमा पुरेझैं तरिकाले कानुन बनाइन्छ र थन्क्याइन्छ ।

लगातार चार बर्षको समस्याग्रस्त कार्यपालिकालाई नजिकबाट बुझेका नगरवासीको चासो र चिन्ता छ, दर्जनौं राष्ट्रिय प्रतिभा जन्मेको गौरादहमा नगर हाँक्ने प्रतिभा कहिले जन्मेला ? स्थानीय तहले जनप्रतिनिधि पाएको चार बर्ष पूराभयो, अब एक बर्ष पनि बाँकी छैन कार्यकाल पूरा हुन ।

नैतिकताको राजनीति देशमा नै कमजोर हुँदैगर्दा गौरादह पनि त्यसबाट अछुतो रहेन । चार बर्षमा जानेर नजानेर भएका कमिकमजोरी यहाँका जनप्रतिनिधीले कहिल्यै स्विकारेनन् । “सुधारिएको गल्ती बिलाएर जान्छ, नसुधारिएकोे गल्ती कुहिएर जान्छ ।” लेनिनको भनाइ झैं, भएका कमिकमजोरीहरुलाई स्विकार्दै सुधारेर अघिबढ्नु उत्तम हुन्थ्यो तर धेरैजसो जनप्रतिनिधिहरुको गल्ती स्विकार गर्न नसक्ने अहंकारको कारण राम्रा कामहरु पनि ओझेल परेका छन् । चार बर्ष बीचमा राम्राकामहरु पनि थुप्रै भएका छन् तर जनप्रतिनिधिमा विकास भएको सामन्ती चरित्र र घमण्डको कारण ती सबल पक्षहरु छाँया परेका छन् ।

जनप्रतिनिधिहरुको कार्यसम्पादन मुल्याँकन जनताले गरिरहेकै छन् । कुनै पनि त्राइमासिक परीक्षा उत्तिर्ण नभएको विद्यार्थी अपवाद बाहेक अन्तिम परीक्षामा पनि असफल हुने प्राय निश्चित नै हुन्छ । हाजिरिजवाफ प्रतियोगितामा टोली नेताले प्रश्नको उत्तर दिनुपर्ने प्रवधान भएझैं केही जनप्रतिनिधि पारदर्शी, जनउत्तरदायी र जवाफदेयी भए पनि टोली नेताको छाँयामा हुनुहुन्छ । प्रश्नको सही उत्तर टोलीका सदस्यले सिकाए पनि जवाफदिने टाली नेताले गलत जवाफ दिंदा टिमले हार्छ अनि त्यो हार टोली नेताको मात्र नभएर टिमको नै हन्छ । त्यसैगरी जनताका प्रश्नलाई नै निषेध गर्ने, आलोचना समालोचना नसहने र नस्विकार्ने, आँफूलाई नै सर्बेसर्ब देख्ने गौरादह नगरपालिकाका जनप्रतिनिधिको टीमको मुल्याँकन जनताको कसीबाट हुने नै छ ।

केही स्वचालित चेतना नभएका परिचालित अन्धभक्त कार्यकर्ताले नेताको जयजयकार गरेर बचाउ गर्नु निर्णयक होइन बरु सुन्निएर मोटाउनु जस्तो मात्र हो । गौरादह नगरपालिकाको कार्यसम्पादन मुल्याँकनका सूचकहरु अत्यन्तै कमजोर भएको कारण संघीय सरकारबाट प्रप्त गर्ने अनुदान पनि प्रत्येक बर्ष घट्दो क्रममा छ । सुरुको बर्ष देखि नै श्रङखलाबद्ध रुपमा गौरादह नगरपालिका बिबादित र बदनाम भैरहेको छ ।

यदि नेतृत्व गतिहीन तथा अक्षम भयो भने संस्थालाई मार्गदर्शन दिन सक्दैन । नेतृत्व लिने व्यक्तिमा अरूलाई प्रभाव पार्न सक्ने र समग्र संस्थालाई सफलताको मार्गमा डो¥याउन सक्ने विशिष्ट खुबी हुन जरूरी छ । कुशल नेतृत्व बिनाको संगठन मियोबिनाको दाई सरह हुन्छ । तसर्थ नगरको सर्वाङ्गिण विकासका लागि सक्षम नेतृत्व उदयको पर्खाइमा छ गौरादह ।

तपाईको प्रतिक्रिया