Online Bichar
बिहिबार, मंसिर ११, २०८३ | Thursday, November 26, 2026

१३ असार २०७८ । कोरोनाविरुद्धको नियम तोड्दै चुम्बन गरेको तस्वीर सार्वजनिक भएपछि बेलायती स्वास्थ्मन्त्रीको पद गएको छ । चौतर्फी दबाब बढेपछि स्वास्थ्यमन्त्री म्याट ह्यानककले राजीनामा दिएका हुन् ।

भौतिक दूरीको नियम तोड्दै ह्यानककले आफ्नी एक सहकर्मीलाई चुम्बन गर्नुभएको थियो । ह्यानकक र जीन कोलेड्यानजेलोबीचको चुम्बनको तस्वीर द सन पत्रिकाले छापेको थियो ।

प्रधानमन्त्रीलाई एक पत्र लेख्दै ह्यानककले ‘जनताले यो महामारीमा गरेका धेरै त्यागको लागि र साँच्चिकै भन्नुपर्दा जब हामीले उनीहरूलाई निराश पार्छौँ तब सरकार उनीहरूको ऋणी रहने’ उल्लेख गर्नुभएको छ ।

प्रधानमन्त्री बोरिस जोनसनले भने राजीनामा पत्र पाएर आफू ’दुःखी’ भएको उल्लेख गर्नुभएको छ । नयाँ स्वास्थ्यमन्त्रीमा भने पूर्व अर्थमन्त्री शजिद जावेदलाई ल्याइएको छ ।

तीन सन्तानका साथ विवाहित रहेका ह्यानकक र जीन कोलेड्यानजेलोबीचको चुम्बनको तस्वीर द सन पत्रिकाले छापेपछि ह्यानककमाथि पद छाड्न दबाब बढेको थियो ।

ह्यानककले आफैले बनाएको नियम पालना गर्नु आफूहरुको कर्तव्य भएको भन्दै माफी माग्दै राजीनामा दिनुभएको हो ।एजेन्सी

 

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments