Online Bichar
सोमबार, आषाढ २२, २०८३ | Monday, July 6, 2026

बिनिता निरौला
गौरादह, २१ जेठ २०७८ । किसानले लगाएको भदै धानको मूल्य न्यून हुँदा किसान निराश भएका छन। धान लिएर चामलमा परिणत गरि बजारमा बिक्री गर्न निकाल्ने मिलले धान लिन आनाकानी गरेपछि धानको मुल्यमा गिरावट आएको ब्यापारी बताउँछन्। अधिकांश किसानको खेतमा अहिले भदै धान पाकेर पंहेलै भएको छ।धान बिक्री गर्ने समयमा धनाको मूल्य नहुदा किसान हतोत्सायीत बनेका छन।

खाने अन्नका रुपमा प्रयोग गरिने धान बालि किसानले फलाए पछि उचित मुल्यमा बिक्री हुनुपर्नेमा धानको भाउ कति छ भनेर ब्यापारी सँग सोध्दै हिड्नु परेको किसान बताउछन्।ब्यापारीलाई घानको मूल्य कति छ भनेर सोध्दा अहिले ६ सय ७० भएको बताउछन्।किसानलाई धान लगाए देखि उठाउने समय सम्मको लगानी जोड्दा प्रतिमन त्यो भन्दा बढी भएको किसानको भनाइ छ।धानको मूल्य हेर्दा भुसको बराबर पनि मुल्यांकन नभएको किसानको ठहर छ।

धानबाट छुटाएर निकालिने भुसको मूल्य भन्दा केही बढी मात्र धानको मूल्य भएको छ। भुस ५ सय २० रुपैयाँ मन बिक्री हुन्छ भने धनाको मूल्य ६ सय ७० रहेको छ।तुलनात्मक रुपमा हेर्दा भुसको हाराहारीमा धानको मूल्य रहेको पाइन्छ। किसानले लगाएको बालिमा लगानी अनुसारको प्रतिफल नआउने भएपछि धान काट्न पनि मन मरेको गौरादह-२ का किसान ज्ञान बहादुर खड्का बताउँछन्। परम्परागत तरिकाबाट किसानहरुले खेती गर्न छोडेर आधुनिक तरिकाबाट यन्त्रीकरण प्रबिधिबाट खेती गर्दा लागत मूल्य बढेको गौरादह-७ का किसान मित्र बहादुर बस्नेत बताउँछन्।

खेतीको सुरुवाती समय देखि बालि उठाउने समय सम्म आधुनिक उपकरणको प्रयोग र बिचबिचमा लगाईने कामदार, मल, बिउका साथै किटनासक औषधि लगायतका खर्च जोड्दा लगानी अनुसारको मूल्य नपाएको बस्नेत बताउँछन्। कोरोना भाइरस संक्रमणका कारण निशेधआज्ञा जारी गरिदा धानले उचित मूल्य नपाएको ब्यापारी बताउँछन्।

कोरोना भाइरसका कारण आवत जावतमा रोक लगाउदा कामदारको अभाव खड्किदा मिलले सहज रुपमा धान नलिदा बिक्री हुन नसकेको ब्यापारी बताउँछन्। किसानले लगाएको बालीले उचित मूल्य पाउनु पर्ने र किसानका लागि सकेसम्म राहात उपलब्ध गराउदै आएका गौरादहका ब्यापारी असोक चुडालले धानको मुल्य कमी हुनुमा कोरोना भाइरस बाधक बनेको बताउँछन्। गौरादह उद्योग बाणिज्य संघका महासचिव समेत रहेका चुडालले किसानको खेत जोत्ने, पाकेको बाली उठाउने र उचित मुल्यमा खरिद गर्ने बताएपनि आफुले बिक्री गर्ने ठाउँमा धान बिक्री नभएपछि किसानलाई उचित मूल्य दिन नसकेको चुडालको भनाइ छ।

गौरादह नगरपालिका वडा नं.२ को धोबिनियामा बिगत धेरै बर्ष अगाडि देखि धान खरिद बिक्री गर्दै आएका चुडालले किसानका खेतमा छरिएर रहेको धानलाई आफुले संकलन गरि मिलमा बिक्री गरेर आएको रकम किसानलाई दिने गरेको बताए। किसानले फलाएको धानमा बिचौलिया हाबी हुदा किसानले उचित मूल्य नपाएको गौरादह-२ का जनप्रतिनिधि समेत रहेका किसान उत्तम बस्नेत बताउँछन्। खेतमा दुस्ख गरेर धान फलाउने किसान धान खरिद गर्ने मिल सम्म पुग्न सक्दैनन्। किसानको धान पाक्नु अगाबै स्थानीय ब्यापारीहरुले ठुला मिल संग समन्वय गरि धान बिक्री गरिसकेका हुन्छन। पहिले नै धान बिक्री गरि सकेर नाफा कमाउन किसान सँग उनिहरुले धानमा बार्गेनिङ गर्दा उचित मूल्य नपाएको उनको भनाइ छ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments