Online Bichar
सोमबार, भाद्र ०८, २०८३ | Monday, August 24, 2026

काठमाडौं, ६ जेठ २०७८ । राष्ट्रपति विद्या भण्डारीले संविधानको धारा ७६ (५) बमोजिमको सरकारमा दाबी गर्न आह्वान गर्नुभएको छ ।

त्यस्तो सरकारमा दाबी गर्ने प्रतिनिधि सभाका सदस्यका लाग जेठ ७ गते शुक्रबार ५ बजेसम्मको समय प्रदान गरिएको छ ।

प्रतिनिधि सभामा विश्वासको मत पाउन नसके पनि संविधानको धारा ७६ को उपधारा ३ बमोजिम ठूलो दलको नेताको हैसियतमा प्रधानमन्त्री बन्नुभएका केपी ओलीले वर्तमान सन्दर्भमा विश्वासको मत पाउने आधार नदेखिएको भन्दै उपधारा ५ बमोजिमको सरकार गठन प्रक्रिया थाल्न राष्ट्रपतिलाई आग्रह गरेबमोजिम नयाँ सरकारका लागि प्रक्रिया थालिएको हो ।

प्रधानमन्त्री ओलीले उपधारा ४ बमोजिम एक महिनाभित्र प्रतिनिधिसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था भएकामा उहाँले उक्त व्यवस्था बमोजिम विश्वासको मत माग्न नजाने निर्णय गर्नुभएको हो ।

अब उपधारा ५ बमोजिमको प्रक्रियामा जाँदा बहुमत सदस्यको समर्थन रहेको आधार पेस गरेमा राष्ट्रपतिले त्यस्तो सांसदलाई प्रधानमन्त्री नियुक्ति गर्ने व्यवस्था छ ।

तर, आधार पेस गर्न नसकेमा नयाँ सरकार बन्न नसकी प्रतिनिधिसभा स्वतः भंग हुनेछ र नयाँ निर्वाचनमा मुलुक प्रवेश गर्ने छ ।

 

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments