Online Bichar
शुक्रबार, चैत्र १६, २०८० | Friday, March 29, 2024

काठमाडौं, १२ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी (ने क पा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थका कारण अस्पताल भर्ना भएका छन् । ओली सोमबार बिहान साढे ४ बजे महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालको मनमोहन कार्डियोथेरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरले भर्ना भएका छन् ।

प्रधानमन्त्री ओलीलाई तीन दिन अस्पतालमै राखेर उपचार गरिने निजी चिकित्सक डा. दिव्यासिंह शाहले जानकारी दिइन् । त्यस्तै कार्डीयोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका कार्यकारी निर्देशक प्रा.डा उत्तक कृष्ण श्रेष्ठका अनुसार प्रधानमन्त्री ओलीको छातिमा संक्रमण र शरिरमा चिनिको असन्तुलन देखिएको बताए । अस्पतालले एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीको स्वास्थय क्रमिक सुधार भएको जानकारी दिएका छन् । त्यस्तै उनको स्वास्थय स्थिति सामान्य रहेको जारी विज्ञप्तिमा उल्लेख छ ।

अस्वस्थकै कारण शुक्रबार मन्त्रीपरिषद् बैठक पनि स्थगित भएको थियो । त्यस्तै शनिबार भृकुटीमण्डपमा नेकपाले आयोजना गरेको चियापान कार्यक्रममा पनि ओली उपस्थित हुन सकेनन् । त्यसै गरि हिजो आइतबार बसेको मन्त्रीपरिषद् बैठकमा पनि ओली करिब १० मिनेट मात्रै बसेका थिए ।

तपाईको प्रतिक्रिया